आज (शुक्रबार) नेपाली सिनेमा हलमा एक विदेशीसहित चार फिल्म लागेका छन्।
विदेशीतर्फ बलिउड फिल्म ‘ ‘ब्याडएस रविकुमार’ रिलिज हुँदा तीन नेपाली फिल्म ‘ममी’, ‘जुना:एक व्यथा’ र ‘सारंग’ प्रदर्शनमा आएका हुन्।

समर निरौलाको डेब्यु निर्देशन रहेको फिल्म ‘ममी’ हरर थ्रिलर जनरामा बनेको फिल्म हो। यस फिल्ममा प्रियंका कार्की, दीया मास्के, सुलक्षण भारती लगायतको अभिनय छ।
सो ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको फिल्मको कथा निरौलासहित पूर्णिमा जोशीले लेखेका हुन्। त्यसैगरी फिल्म ‘सारंग’ प्रशान्त तामाङले निर्देशन गरेका हुन्। यस फिल्ममा कोरियोग्राफरका रूपमा समेत परिचित निर्देशक तामाङकै लेखन छ।
यस फिल्ममा बाल मनोविज्ञान विषयमा प्रस्तुत गरिएको छ। यस फिल्ममा ऋचा शर्मा, उत्पल झा, आदित्य कार्की, सम्राट थापालगायतको अभिनय छ। बाल विवाह तथा महिला हिंसा निरुत्साहन गर्ने उद्देश्यले निर्माण गरिएको फिल्म ‘जुना’मा अस्मिता ढकाल मुख्य भूमिकामा छिन्।
दीपकप्रसाद घिमिरेको लगानी रहेको फिल्ममा राजबहादुर सानेको कथा छ। फिल्ममा अस्मितासँगै कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, अनिता बस्नेत, कमल बोहोरालगायतको अभिनय छ।
बलिउड फिल्म ‘ब्याडएस’ पनि आजबाट हलमा रिलिज भएको छ। यस फिल्ममा गायक तथा अभिनेता हिमेश रेशमिया मुख्य भूमिकामा छन्।
अभिनयसहित हिमेशले फिल्ममा निर्माता, संगीत निर्देशक, गायक, पटकथा लेखक र गीतकारको जिम्मेवारी समेत सम्हालेका छन्। फिल्ममा हिमेशसहित कीर्ति कुल्हारी, सनी लियोन, सौरभ सचदेवा, सिमोना, जोनी लिभर, प्रभु देवा र संजय मिश्राको अभिनय छ।
Shares

प्रतिक्रिया