कला


रिहा भए बंगलादेशी अभिनेत्री शोन र सबा

रिहा भए बंगलादेशी अभिनेत्री शोन र सबा

मेहर अफरोज शोन र सोहाना सबा


नेपालखबर
माघ २६, २०८१ शनिबार ८:५४, काठमाडौँ

बंगलादेशको ढाका महानगरीय प्रहरीको जासुसी शाखा (डीबी) ले बंगलादेशी अभिनेत्री मेहर अफरोज शोन र सोहाना सबालाई रिहा गरेको छ।

उनीहरूलाई पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगसँग सम्बन्ध राखेको आशंकामा हिरासतमा लिइएको थियो।

शोनलाई बिहीबार साँझ उनको धनमन्डी निवासबाट पक्राउ गरिएको थियो भने सबालाई राति पक्राउ गरी डीबी कार्यालयमा ल्याइएको थियो।

महानगरीय प्रहरीका प्रवक्ता मुहम्मद तालेबुर रहमानले बीबीसी बंगलालाई बताएअनुसार उनीहरूलाई शुक्रबार साँझ हिरासतबाट रिहा गरिएको हो।

यसअघि शोनलाई हिरासतमा लिएपछि जासुस शाखाका प्रमुख रेजाउल करिम मलिकले बीबीसी बंगलालाई भनेका थिए, ‘हामीले उनी राज्यविरोधी षड्यन्त्रमा संलग्न रहेको जानकारी पाएका छौँ। उनलाई सोधपुछको लागि डीबी कार्यालयमा ल्याइएको छ।’

यसैबीच तालेबुर रहमानले शुक्रबार बीबीसी बंगलासँग भनेका छन्, ‘केही गुप्तचर जानकारी पुष्टि गर्न उनलाई सोधपुछ गरिएको थियो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad