बलिउड अभिनेता सलमान खानका एकपछि अर्का आन्तरिक कुरा सार्वजनिक भइरहेका छन्।
आफ्ना भतिजा अरहान खानको पोडकास्टमा कुराकानी गर्दै सलमान आफ्ना विगत र विचार सुनाएका हुन्।
यस क्रममा उनले प्रेम सम्बन्ध अर्थात् रिलेसनसिपबारे पनि केही कुरा राखेका छन्।
सलमानले अरहान र उनका साथीहरूलाई 'प्रेम', 'सम्बन्ध' र 'ब्रेकअप'बारे सल्लाह दिएका छन्।
अंकल अर्थात् काका भएका नाताले उनले आफ्नो भतिजालाई ब्रेकअपपछि चाँडै सम्बन्धबाट अगाडि बढ्न सल्लाह दिएका हुन्।
सलमानले भने, ‘यदि तिम्री प्रेमिकाले तिमीसँग सम्बन्ध विच्छेद गर्छिन् भने उसलाई जान देऊ, अलबिदा भन। जब तिमीले ब्यान्ड-एड हटाउनु पर्छ, तिमी कसरी गर्छौ? बिस्तारै ? होइन, धेरै छिटो। आफ्नो कोठामा जाऊ, मजाले रोऊ र यो कुरा त्यहीँ टुंग्याऊ। बाहिर आऊ अनि मलाई भन तिमी कस्तो छौ? सबै कस्तो चलिरहेको छ?
यस क्रममा सलमानले व्यक्तिले आफ्नो गल्ती तुरुन्तै स्वीकार गर्नुपर्छ भनेर पनि बताए। उनले भने, ‘मानिसले सधैँ आफ्नो गल्ती स्वीकार गर्नुपर्छ। तुरुन्तै धन्यवाद र सरी भन्नुपर्छ।’
सलमानले अरहानलाई विश्वासघातको सामना कसरी गर्ने र एक व्यक्तिबाट कसरी अलग हुने भन्ने बारेमा पनि सल्लाह दिए।
उनले भने, ‘तिमी सम्बन्धमा बस, तिमी कति लामो समयदेखि यसमा रहनुहुन्छ भन्ने कुराले फरक पार्दैन। तिमी यसमा ४०-५० वर्षसम्म बस्न सक्छौ र बल्ल तिमीलाई थाहा हुन्छ- कि उसले मेरो ढाडमा कतिपटक छुरा धस्यो।’
सलमानले अगाडि भने, ‘तिमीसँग ३० सेकेन्डभित्र त्यो अवस्थाबाट बाहिर निस्कने शक्ति हुनुपर्छ। त्यसलाई मेटाइदेऊ, बाहिर निकाल, त्यो सकियो। तिमीले यस्तो व्यवहार गर्नुपर्छ मानौँ यो घटना भएको ६ महिना भइसक्यो र यो सम्बन्ध वा मित्रतामा पनि हुन सक्छ। यो मलाई भर्खरै भएको हो तर मैले यस्तो मन बनाउनुपर्छ कि यो घटना भएको ६ महिना बितिसकेको छ, ताकि पीडा कम होस्।’
सलमान खानले धेरै नायिकासँग डेट गरिसकेका छन्। उनको नाम संगीता बिजलानी, सोमी अली, ऐश्वर्या राय, कट्रिना कैफजस्ता अभिनेत्रीहरूसँग जोडियो। तर कसैसँग पनि उनको सम्बन्ध सफल भएन। सलमान अहिलेसम्म अविवाहित नै छन्।
Shares

प्रतिक्रिया