संगीतकार सन्तोष श्रेष्ठको संगीत तथा गायक भक्तराज विश्वकर्माको स्वरमा 'सारा दिन अरूलाई दिएँ' बोलको गीत सोमबार सार्वजनिक गरिएको छ। निर्भीकजंग रायमाझीको शब्द रचना रहेको गीतको लिरिकल-भिडिओ सार्वजनिक गरिएको हो।
गीतकार निर्भीकका अनुसार यो गीत नारायणगोपाल तथा कवि ईश्वरवल्लभप्रति समर्पित गरिएको छ। 'थाहै नपाइ नारायणगोपालको गीत गुनगुनाउँदै जाँदा यो शैलीको गीत रचना हुन पुग्यो। त्यसैले नेपाली सुगम सङ्गीतका दुई महारथीलाई सम्झेर यो गीत समर्पित गरेका छौँ', उनले भने।
गायक भक्तराजको पहिलो प्रस्तुति रहेको गीतको एरेन्ज राजु कार्कीले गरेका छन् भने मिक्सिङ, मास्टरिङ प्रकाश मिश्रको रहेको छ। अकस्टिक स्टुडियो काठमाडौं र जि-म्युजिक स्टुडियो युकेमा रेकर्ड गरिएको गीत संगीतकार सन्तोष श्रेष्ठको युट्युब च्यानल 'गोल्डेन क्रियसन्स'बाट सार्वजनिक भएको छ।
Shares

प्रतिक्रिया