राजनीति


अध्यादेशबाट देश चलाउने कुरा निरंकुशताको प्रस्थानबिन्दु हो : शेखर कोइराला

अध्यादेशबाट देश चलाउने कुरा निरंकुशताको प्रस्थानबिन्दु हो : शेखर कोइराला

नेपालखबर
माघ २८, २०८१ सोमबार १९:१०, काठमाडौँ

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अध्यादेशबाट देश चलाउने कुरा निरंकुशताको प्रस्थानबिन्दु भएको बताएका छन्।  

सोमबार भक्तपुरमा आयोजित जीपी फाउन्डेसनको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। नेपाली कांग्रेसको संस्कार अध्यादेशबाट देश चलाउने नभएको उनको भनाइ छ।  

‘अहिले के भइरहेको छ? अध्यादेशबाट देश चलाउने कल्चर नै होइन, नेपाली कांग्रेसको। डेमोक्रेसीमा भरसक हामीले संसद्‌बाटै नियम, कानुन, ऐनहरू बनाइकन अगाडि जानुपर्ने हुन्छ,' उनले भने, 'हामीले संसद् छलेर जान खोज्यौँ भने काम लाग्दैन। दुई तिहाइ बहुमत छ, छल्नुपर्ने जरुरत नै छैन।'
 
उनले राष्ट्रियसभामा बहुमत नपुगेकोले सांसदहरूसँग गम्भीर छलफल गरेर टुंग्याउनुपर्नेमा पेलेर गएको भन्दै आपत्ति जनाए। उनले गिरिजाप्रसाद कोइराला हुँदा यस्ता विषय छलफलबाटै टुंग्याइएको इतिहास रहेको पनि बताए।  

'अपर हाउसका सांसदहरुसँग कुरा गरेर मिलाइसक्नु हुन्थ्यो। त्यो क्षमता भएको व्यक्ति गिरिजाप्रसाद कोइराला हुनुहुन्थ्यो। अध्यादेशबाट देश चल्ने भनेको निरंकुशताको प्रस्थानबिन्दु हो,' उनले भने, 'हुनतः नेपाली कांग्रेस र एमालेको सरकार बन्नुपर्छ भनेर भन्ने पहिलो व्यक्ति मै हो। ओलीजीसँग दुई चार राउन्ड कुरा गरिसकेको थिएँ, त्यसपछि भनेको हो।’
 
उनले अध्यादेश सरकार चल्नै नसक्ने अवस्था भए मात्रै ल्याउनुपर्ने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad