नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी पुनगर्ठन हुनेमा ढुक्क रहन कार्यकर्तालाई आग्रह गरेका छन्।
एमालेभित्र नेतृत्व हस्तान्तरणको बहस तीव्र बनेका बेला भट्टराईले सोमबार बिहान सामाजिक सञ्जालमार्फत पार्टी नफुटीकन पुनर्गठन हुने दाबी गरेका हुन्।
कवितात्मक शैलीमा उनी लेख्छन्:
‘छोक
ढुक्क रहनुहोस्
लोभ छैन
पाप छैन
पुनर्गठन हुनेछ
फुट्ने छैन
टुट्ने छैन
सबै मिल्ने छन्
थप एकताबद्ध हुनेछन्
सबैको सम्मान हुनेछ
मति सुध्रने छ
गति बढ्ने छ’
336
Shares

प्रतिक्रिया