कला


अस्ट्रेलियामा नेपाली फिल्म ‘पीआर’को छायांकन सुरु

अस्ट्रेलियामा नेपाली फिल्म ‘पीआर’को छायांकन सुरु

नेपालखबर
माघ २९, २०८१ मंगलबार १२:५३, काठमाडौँ

शोभित बस्नेतको फिल्म ‘पीआर’को छायांकन सुरु भएको छ।

मंगलबार अस्ट्रेलियाको कोग्रास्थित बैठक रेस्टुरेन्टमा फिल्मको मुहूर्तसँगै छायांकन थालिएको हो। 

रञ्जित शाह (आरएफएम फयासिलिटी मेनेजमेन्ट अस्ट्रेलिया) र लेन वे डम्प्लिङ सिड्नी प्रस्तुतकर्ता रहेको फिल्मको निर्देशन शोभित बस्नेतले गर्नेछन्। 

सलोन सलिना फिल्मसको ब्यानरमा निर्माण हुने फिल्मको ७५ प्रतिशत छायांकन अस्ट्रेलियका विभिन्न सहरमा र २५ प्रतिशत छायांकन नेपालमा गरिनेछ।

निर्देशक बस्नेतका अनुसार कलाकारहरू आर ए सुरज पौडेल, राजन कुँवर, विनिता कार्की, पूजा चौधरी र आस्मा अधिकारीले मुहूर्त सट दिएका थिए। 

फिल्ममा आर ए सुरज पौडेल, राजन कुँवर, पुजा चौधरी, विनिता कार्की, आस्मा अधिकारी, कुशल थापा, विमला खत्री, म्याक्स, कृष्ण थापा र नवीन घायलले अभिनय गर्नेछन्।

फिल्ममा मानस राजको संगीत, शोभित बस्नेतको कथा, गणेश बुढाथोकीको पटकथा र संवाद, सौरभ मानन्धरको छायांकन र बन्दे प्रसादको सम्पादन हुनेछ।

फिल्ममा ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल र इन्द्रेणी ग्रुपका लक्ष्मण सापकोटा निर्माता र एपीआईसीका गणेश केसी कार्यकारी निर्माता छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad