कला


सृष्टि र महेश अभिनीत फिल्म ‘११:५५’ को टिजर सार्वजनिक (भिडिओ)

सृष्टि र महेश अभिनीत फिल्म ‘११:५५’ को टिजर सार्वजनिक (भिडिओ)

नेपालखबर
फागुन ४, २०८१ आइतबार १२:४५, काठमाडौँ

चैत्र ८ गतेबाट प्रदर्शन हुने फिल्म ‘११:५५’ (डु नट ट्रस्ट एनिवन) को टिजर सार्वजनिक भएको छ। आइतबार सार्वजनिक १ मिनेट ३४ सकेण्ड लामो टिजरले फिल्मले कथावस्तुबारे प्रकाश पार्छ। लभ, रोमान्स, धोका र बदलाको रहस्यले भरिपूर्ण छ। 

फिल्मको निर्माण टिमले टिजरको सुरुवातमा नै सावधान भन्दै सुचना राखेको छ। जसमा लेखिएको छस् यो टिजर पूर्वावलोकन मात्र ती दर्शकहरुका लागि स्वीकृत गरिएको छ, जसलाई सिनेमामा रोमाञ्च र रहस्य मनपर्छ।

यस फिल्ममा सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ, एमएस अग्रज, बुद्धि तामाङ, विशाल पहारी र डेव्यु अभिनेता सागर खनालको अभिनय छ। क्राइम थ्रिलर जनरामा निर्माण भएको सिनेमाको लेखन तथा निर्देशन केशव पाण्डेले गरेका हुन्। यो उनको डेव्यु निर्देशकिय फिल्म हो। निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको लेखन रहेको छ।

अलल्मोडा राना उप्रेतीको संगीत, कबिराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्धन्द्व निर्देशन, राजेन्द्र मोक्तानको कलर, शैलेश श्रेष्ठको साउण्ड डिजाइन तथा मिक्सिङ, प्रद्युमन मिश्रको डिओपी, रामशरण उप्रेतीको सिनेमाटोग्रफी, पासाङ दावा शेर्पाको सम्पादन र सुवास राज काफ्ले सिनेमामा प्रोडक्सन डिजाइनरको रुपमा रहेका छन्।

बिचित्र फिल्मस् र गुड जब आर्ट्सको व्यानरमा निर्माण भएको सिनेमामा श्याम शर्मा र सरोजा शर्माको लगानी छ। सिनेमाका कार्यकारी निर्माता एमएस अग्रज हुन्। सिनेमालाई कुवेर सिने डिष्ट्रीब्युसन प्रालिले वितरण गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad