कला


अंकित भन्छन्: सुटिङकै बेला आमा बित्दा नेगेटिभ क्यारेक्टर गर्न निकै गाह्रो भयो

अंकित भन्छन्: सुटिङकै बेला आमा बित्दा नेगेटिभ क्यारेक्टर गर्न निकै गाह्रो भयो

नेपालखबर
फागुन ६, २०८१ मंगलबार १३:१४, काठमाडौँ

फागुन ९ गते फिल्म ‘ताण्डवम्’ रिलिज हुँदै छ। जुनिम गहतराज निर्देशित फिल्ममा अंकित खड्का मुख्य कलाकारमध्ये एक हुन्।

‘ताण्डवम्’को कथावस्तु र क्यारेक्टर मन परेर नै आफूले काम गर्न राजी भएको बताए।

‘सिनेमाको कथावस्तु लगायतका कुराहरु मन परेर नै काम गरेको हुँ। ‘ताण्डवम्’ सबैलाई मनपर्ने सिनेमा बनेको छ। यसमा मेरो क्यारेक्टरको नाम ‘घैटे’ हो। जसले आमाको माया त्यति राम्रोसँग पाएको हुँदैन। उसमा आमाप्रतिको सोच फरक छ। आमाको माया नपाएको मान्छे कस्तो हुन्छ?, उसको व्यवहार कस्तो हुन्छ?, उसले कस्ता कुराहरु बोकेर हिँड्छ?, उसलाईचाहिँ आमाजस्तो देखिनेहरूसँग किन समस्या छ? आमाको महत्वमा पनि सिनेमाको कथा बगेको छ,’ उनले भने। 

अंकितले यो क्यारेक्टर गर्दा निकै गाह्रो समेत भएको सुनाए। सिनेमाको सुटिङकै बेला नै आमाको निधन भएकाले पनि आमा शब्दलाई गाली गर्ने क्यारेक्टरमा भिज्न निकै संघर्ष गर्नु परेको उनको अनुभव छ।

उनले भने, ‘मलाई धरै नै गाह्रो भयो। फिल्म सुटिङकै बेला मेरो आमा पनि बित्नु भएको थियो। आमालाई गाली गर्नुपर्ने छ, आमा शब्दलाई निकालेर कसरी गाली गर्ने? आमा शब्दलाई गाली गर्नै मन थिएन। आमा भन्ने शब्द एउटा पृथ्वी हो, पृथ्वीलाई कसरी गाली गर्ने? तर मेरो क्यारेक्टर नै आमालाई गाली गर्ने थियो यसमा अलि मलाई असहज त लागेको थियो।’

कलाकारको सबै क्यारेक्टरमा काम गर्नु नै धर्म भएकाले म यो क्यारेक्टर गर्छु त्यो गर्दिन भन्न नहुने उनको भनाइ छ। नयाँ टिमसँग काम गर्न पाउँदा नयाँ जोशसहित नयाँ कुरा सिक्न पाएको उनले सुनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad