भियतनाममा भएको ‘मिस्टर टुरिज्म वर्ल्ड २०२५’ मा नेपालका मिलन भट्टराईले मिस्टर फोटोजेनिकको टाइटल हात पारेका छन्। गत राति होचिमिन्हमा भएको ग्राण्ड फिनालेमा गोरखाका मिलनले मिस्टर फोटोजेनिक सब टाइटल जित्न सफल भए।
यसवर्षको ‘मिस्टर टुरिज्म वर्ल्ड २०२५’ उपाधि भने भियतनामले नै जितेको छ। भियतनामका मोडल न्गुएन हु हङले २४ प्रतियोगीहरूलाई पछि पार्दै मिस्टर टुरिजम वर्ल्डको विजेता बने। मिलन भने टप २० भित्र मात्रै पर्न सफल भए।
यस प्रतियोगितामा प्रतिनिधित्व गर्न केही दिनअघि मिलन भियतनाम गएका थिए। मिलन मिस्टर टुरिज्म वर्ल्ड नेपालबाट पहिलो प्रतियोगीको रुपमा सहभागी भएका हुन्।
जहाँ उनले मिस्टर टुरिज्म नेपालका विजेता मिलन भट्टराई भियतनाममा भएको सहभागी थिए। साथै उनले नेपालको भाषा, भेषभुषा र पहिरनलाई प्रस्तुति दिए। नेसनल कस्ट्युम राउन्डमा मिलनले पृथ्वीनारायण शाहको पोशाकमा देखिएका थिए।

मिस्टर टुरिज्म नेपाल ‘मिस्टर एण्ड मिस नेसनल’ भित्रको विधा हो। जसमा विजेता बनेका मिलनले ल्याएको यो स्थान उपलब्धिमुलक रहेको सनुर्वी इन्टरनेसनलले जनाएको छ।
सर्नुवी इन्टरनेसनले मिस्टर एन्ड मिस नेसनलमार्फत पठाएका प्रतिस्पर्धीमध्ये धिरोज बस्नेतले मिस्टर टप २०, मोनिका अधिकारीले मिस ग्लोबमा टप १५ पुगेका थिए। मिलन २३ फ्रेबुअरीमा नेपाल फर्किने योजना छ।
‘नोभेम्बर मिस्टर एन्ड मिस नेसनल २०२५’ को काठमाडौं अडिसन सुरू भइसकेको छ। यसैसाता काठमाडौंमा भएको अडिसनप्रश्चात फ्रेबुअरीको २६ देखि मार्चको ८ सम्म नेपालका विभिन्न स्थानमा अडिसन हुँदैछ। झापा, इटहरि, वीरगन्ज, चितवन, पोखरा, बुटवल, नेपालगन्ज, सुर्खेत र धनगढीमा हुनेछ।
मिस्टर एन्ड मिस नेसनलभित्र ६ वटा अन्तर्राष्ट्रिय फ्रेन्चाइज छन्। यसवर्ष पनि मिस सुप्रा नेसनल, मिस ग्लोब नेपाल, मिस्टर सुप्रा नेसनल, मिस इन्टरकन्टिनेन्टल, मिस्टर इन्टरनेसनल, मिस्टर टुरिजम वर्ल्ड विधामा प्रतिस्पर्धा हुँदैछ।
Shares

प्रतिक्रिया