कला


चलचित्र ‘लाज शरणम्’ को बुकिङ खुला, देशभरका मल्टिप्लेक्समा उत्साहजनक सो

चलचित्र ‘लाज शरणम्’ को बुकिङ खुला, देशभरका मल्टिप्लेक्समा उत्साहजनक सो

नेपालखबर
फागुन १२, २०८१ सोमबार २०:४१, काठमाडौँ

चलचित्र ‘लाज शरणम्’को अग्रिम बुकिङ खुला भएको छ। बुधबार रिलिज हुने चलचित्रको सोमबार बुकिङ खुला भएको हो।

यस चलचित्रले देशभरका मल्टिप्लेक्समा उत्साहजनक सो पाएको छ। देशकै ठूलो मल्टिप्लेक्स क्यूएफएक्स चेनमा ६५ शो पाएको छ। क्यूएफएक्सका काठमाडौं उपत्यकाका आउटलेटमा २९ र काठमाडौं उपत्यका बाहिर ३६ सो पाएको छ।

बिग मुभिजले ५, एफक्यूब सिनेमाजले ४, बीएसआरले ४ सो दिएका छन्। आईएनआई र वान सिनेमाजले सो बाँडफाँट गर्न बाँकी छ।

हालसम्म सो खुलेका हलमा ‘लाज शरणम्’ले १०१ सो पाएको खल्ती एपबाट देखिएको छ।

लाज शरणम्’ वर्षकै प्रतीक्षितमध्येको एक सिनेमा हो। यो चलचित्र महाशिवरात्रिको अवसर पारेर फागुन १४ बाट प्रदर्शनमा आउन लागेको हो।

लोकप्रिय हास्य टेलिशृंखला ‘सक्किगोनि’को टिमले निर्माण गरेको चलचित्र ‘लाज शरणम्’मा मुख्य भूमिकामा सीताराम कट्टेल (धुर्मुस) छन्। चलचित्रलाई कुमार कट्टेलले निर्देशन गरेका छन्।

विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय छ।

जेपीटी क्रियसनको ब्यानरमा बनेको सिनेमाका निर्माता नवीन श्रेष्ठ हुन् भने राम नरेश शाह र सिर्जना खड्का सह–निर्माताका रूपमा रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad