प्रकाश सपुतको डेब्यु निर्देशित फिल्म ‘वसन्त’ को गीत ‘बिना स्वादैको’ सार्वजनिक भएको छ। सार्वजनिक गीतमा गायक देवेन्द्र बब्लु (दि फिरन्ते) को स्वर सुन्न सकिन्छ।
गीतमा देवेन्द्रसहित प्रकाश स्वयमको शब्द र संगीत रहेको छ। गीतमा योगेश काजी शाहको संयोजन छ। हरर रोमान्टिक थिममा तयार पारिएको गीतको भिडियोले दर्शकमाझ कौतुहल्ता पैदा गर्ने देखिन्छ।
एक जोडीको अन्तर जातिय प्रेम पश्चात परिवारले उनीहरुको मोहनी फुकाउन गर्ने विभिन्न घटनालाई देखाइएको छ। गीतको भिडिओमा फिल्का कलाकार प्रभात पाल ठकुरी, श्री शिभान्सी र देवेन्द्र बब्लु र मुख्य सहायक निर्देशक सुनिल विक तथा कलाकार विशाल पहारी प्रस्तुत छन्।
आगामी चैत्र २२ गते रिलिज हुने फिल्ममा प्रकाश र स्वस्तिमा खड्का मुख्य भूमिकामा छन्। फिल्ममा उर्मिला लाम्गादे, खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय छ। गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौं र तराईका विभिन्न ठाउँमा सिनेमाको छायांकन गरिएको हो।
गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा सिनेमामा कथा, पटकथा र संगीत पनि सपुतले नै तयार पारेका हुन्। विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा सिनेमाले भन्ने छ।
(भिडिओ)
Shares

प्रतिक्रिया