कला


यस वर्षको रुद्रराज साहित्य पुरस्कार गार्गी शर्मालाई

यस वर्षको रुद्रराज साहित्य पुरस्कार गार्गी शर्मालाई

नेपालखबर
फागुन २७, २०८१ मंगलबार १०:७, काठमाडौँ

रुद्रराज साहित्य सेवा समितिले यस वर्षको ‘रुद्रराज साहित्य पुरस्कार’ डा गार्गी शर्मालाई प्रदान गरेको छ।

सरदार रुद्रराज पाण्डेको १२५औँ जन्मजयन्तीका अवसरमा सोमबार आयोजित कार्यक्रममा दिव्य शताब्दी पुरुष डा गौरीशङ्कर लालदासले उक्त पुरस्कार अर्पण गरे। पुरस्कारको राशि रु ५० हजार र सम्मानपत्र छ । नेपाली भाषा साहित्यलाई समृद्ध तुल्याउन शर्माले निर्वाह गरेको योगदानको कदर गर्दै उक्त पुरस्कार प्रदान गरिएको हो।

उपन्यास, नाटक, कथा, हास्यव्यङ्ग्यका माध्यमबाट नेपाली भाषा, साहित्य, शिक्षा र समाजसेवामा पाण्डेले उल्लेखनीय योगदान गरेका छन्। उनको ‘रुपमती’ उपन्यास पाठकमाझ लोकप्रिय छ। यस्तै माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट भानु माविका विद्यार्थीलाई पनि पुरस्कृत गरियो।

सो अवसरमा दिव्य शताब्दी पुरुष डा.गौरीशङ्कर लालदासले बहुआयामिक व्यक्तित्व सरदार रुद्रराज पाण्डे नेपाली साहित्यको मुर्धन्य व्यक्तित्व भएको उल्लेख गरे । रुद्रराज पाण्डेको नेपाली साहित्य, इतिहास, शिक्षा, प्रशासन एवं अध्यात्मिक क्षेत्रमा अतुलनीय योगदान रहेको उल्लेख गरे।

समितिका अध्यक्ष बद्रीराज पाण्डेले बहुआयामिक व्यक्तित्व रुद्रराज पाण्डे शिक्षा, साहित्य, इतिहास र आत्यात्मिक विधामा सक्रिय व्यक्तित्व भएको बताए। आधारभूत शिक्षाको ज्ञानको ज्योति फैलाएर सफलताका लागि निरन्तर सङ्घर्ष चाहिन्छ भन्ने भावनाले पाण्डेले शिक्षा, चेतना र समाजसुधारको भूमिका निर्वाह गर्नुभएको उनको भनाइ थियो।

समितिका सदस्य एवं संस्कृतिविद् डा गोविन्द टण्डनले रुद्रराज पाण्डेले शिक्षा र साहित्यका क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरे । नेपाली साहित्यमा पाण्डेले पुर्याएको योगदानलाई स्मरणीय बनाउन आवश्यक रहेको उनको भनाइ थियो।

पुरस्कृत व्यक्तित्व गार्गी शर्माले स्वर्गीय पाण्डेको शिक्षा र साहित्यका क्षेत्रमा अतुलनीय योगदान रहेको उल्लेख गर्दै अहिलेका पुस्ताका लागि प्रेरणादायी व्यक्तित्व भएको बताए।

समितिका संरक्षक ई कृष्णराज पाण्डेले स्व रुद्रराज पाण्डेको व्यक्तित्वबारे प्रकाश पारेका थिए। समितिका महासचिव डा नील पाण्डेले साहित्य र शिक्षाको विकास तथा प्रवर्द्धनमा रुद्रराज पाण्डेको योगदान महत्वपूर्ण भएको बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad