चैत्र १ गतेबाट प्रदर्शन हुने फिल्म ‘राजागंज’ लाई प्रिमियर शोमा रूचाइएको छ। बुधबार कमलपोखरीस्थित बिग मुभिजमा गरिएको प्रिमियर शोमा उत्कृष्ट प्रतिक्रिया मिलेको हो।
प्रिमियर शो हेर्न पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, महिला नेतृ हिसिला यमी, प्रतिनिधि सभा सांसद अमरेश कुमार सिंह, निर्देशक नवीन सुब्बा, लेखक तथा निर्देशक मनोज पण्डित, निर्देशक दीपेन्द्र लामा, अभिनेत्री केकी अधिकारी, रीमा विश्वकर्मा, लुनिभा तुलाधर, शिल्पा मास्के र अभिनेता नाजिर हुसेन लगायतको उपस्थिति रहेको थियो ।
प्रिमियर शोमा उपस्थित पाहुनाहरुले सिनेमा उत्कृष्ट बनेको प्रतिक्रिया दिएका छन्। यो सिनेमाले मधेस आनदोलनको क्रममा उत्पन्न मधेसी र पहाडी समुदायबीच घटित विभिन्न घटना क्रमलाई सुक्ष्म ढंगले देखाइएको प्रतिक्रिया मिलेको थियो।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ‘राजागंज’ मधेस आन्दोलनको सेरोफेरोमा निर्माण भएको र आफु त्यसको प्रत्यक्ष साक्षी भएको नाताले यो सिनेमा धेरै वस्तुवादी र तथ्य परक भएको बताए।
‘मलाई दुस्ख के लाग्यो भने जुन सिनेमा आज हामीले हेर्न पायौं, त्यसका केही महत्वपूर्ण अंशहरु काटिएको छ भन्ने सुनेँ। मैले बुझे अनुसार अब कति काटिएको हो, तर त्यो मुख्य अंश काटिएको हो भने त्यो त सिनेमाको टाउकै काटिए जस्तो हुन्छ,’ भट्टराईले भने।
महिला नेतृ हिसिला यमीले राजागंज उत्कृष्ट बनेको प्रतिक्रिया दिइन्।
यस्तै, अभिनेत्री केकी अधिकारी र रीमा विश्वकर्माले पनि सिनेमा राम्रो बनेकाले सम्पूर्ण नेपाली सिनेमाप्रेमी दर्शकलाई ‘राजागंज’ हर्न सिफारिस गरे।
अभिनेता नाजिर हुनेनले पनि मधेस आन्दोलनको कथा उत्कृष्ट रहेको भन्दै जति मधेसी र पहाडीबीच विभेद छ, त्यति नै मेधेसी मधेसीबीच पनि विभेद रहेको बताए।

सिनेमाका मुख्य अभिनेता दयाहाङ राईले सिनेमाका विभिन्ने लेयर हेर्न पाउने बताए। ‘आज जतिले पनि हेर्नु भएको छ, सबैले राम्रो प्रतिक्रिया दिनु भएको छ। भोली शुक्रबारबाट रिलिज हुँदैछ। आशा गरौं दर्शकलाई पनि मन पर्नेछ।’
निर्देशक दीपक रौनियारले सिनेमा सेन्सर झमेलाले केही दुस्ख लागे पनि अहिले प्रिमियर शोमा मिलेको प्रतिक्रियाले खुशी मिलेको बताए।
Shares

प्रतिक्रिया