कला


महाराष्ट्रका उप-मुख्यमन्त्रीबारे आपत्तिजनक टिप्पणी गरेको आरोप, कमेडियन कुणालविरुद्ध उजुरी

महाराष्ट्रका उप-मुख्यमन्त्रीबारे आपत्तिजनक टिप्पणी गरेको आरोप, कमेडियन कुणालविरुद्ध उजुरी

नेपालखबर
चैत ११, २०८१ सोमबार १३:१५, काठमाडौँ

भारतीय स्ट्यान्ड-अप कमेडियन कुणाल कामराविरुद्ध उजुरी दर्ता भएको छ। उनीमाथि महाराष्ट्रका उप(मुख्यमन्त्री एकनाथ शिन्दे विरुद्ध आपत्तिजनक टिप्पणी गरेको आरोपमा मुम्बईको खार प्रहरी चौकीमा एफआईआर दर्ता भएको हो। 

मुम्बई पुलिसले भारतीय न्याय संहिताको धारा ३५३ (१) (बि)अनुसार (अशान्ति भड्काउने बयान) र ३५६ (२) मानहानिको उजुरी दर्ता गरिएको हो। 

साथै काम्राको स्टुडियो र होटल द युनिकन्टिनेन्टलमा तोडफोड गरेको आरोपमा ४० शिवसैनिकहरू विरुद्ध पनि एफआईआर दर्ता गरिएको छ।

वास्तवमा, आइतबार कामराको एउटा भिडिओ अपलोड गरेका थिए, जसमा उनी उपमुख्यमन्त्री शिन्देको मजाक उडाउँदै गीत गाइरहेका छन्। यसले शिव सेनाका कार्यकर्ताहरू निकै भड्किए। उनीहरूले स्टुडियो र होटल द युनिकन्टिनेन्टलमा तोडफोड गरे।

यस विवादमा महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसको बयान बाहिर आएको छ। उनले स्ट्यान्ड(अप कमेडी गर्ने स्वतन्त्रता भएपनि जे पनि भन्न नपाउने बताएका छन्। 

कुणानलले माफी माग्नुपर्ने उनको भनाइ छ। ‘कुणाल कामराले माफी माग्नुपर्छ, यो सहने छैन। कमेडी गर्ने अधिकार छ, तर यदि यो हाम्रा उपमुख्यमन्त्री एकनाथ शिन्देलाई बदनाम गर्न गरिएको छ भने यो ठीक होइन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad