बेलबारी प्राज्ञ प्रतिष्ठानको आयोजनामा मोरङको बेलबारीमा अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा स्थानीय विद्यार्थीको उल्लेख्य उपस्थिति रहेको छ।
विद्यालय तथा क्याम्पस तहका विद्यार्थीसहित स्थानीय समाजसेवी, शिक्षाप्रेमी, कलाकारलाई महोत्सवले आकर्षित गरेको देखिन्छ। तीन दिनसम्म चल्ने सो महोत्सवमा नेपाल, भारत र जापानका नाट्यकर्मीहरुले नाटक मञ्चन गरिरहेका छन। हरेक दिन दुई वटाका दरले नाटक मञ्चन हुने महोत्सवका निर्देशक विकास बुढाथोकीले जानकारी दिए।
बेलबारी प्राज्ञ प्रतिष्ठानका सचिव कुलप्रसाद बरालका अनुसार महोत्सवमा नाटक मञ्चनसहित सांस्कृतिक झाँकी, कार्यशाला, अन्तरक्रियालगायतका प्राज्ञिक गतिविधि सञ्चालन हुनेछ।
पहिलो दिन आइतबार जीवन बराल र विकास बुढाथोकीको निर्देशनमा रहेको ‘स्कुल’ नाटक र भारतीय टोलीले तयार गरेको नाटक ‘एबोरिजिनल क्राई’ मञ्चन भएको छ। यस नाटकले भारतस्थित मणिपुरको प्रभावित क्षेत्रका विस्थापित मानिस र तिनको कठिनाइलाई चित्रण गर्ने प्रयास गरेको छ।
मण्डल थिएटरका निर्देशक सोमनाथ खनालले नेपालको पूर्वी क्षेत्रको बेलबारीमा पहिलोपटक सुरु भएको सो महोत्वसले स्थानीय कलाकार तथा नाट्यकर्मीको उजागर गर्न र समग्र नाट्यकला क्षेत्रको विश्वास र प्रवद्र्धनमा सहयोग पु¥याउने विश्वास व्यक्त गरे। रासस
Shares

प्रतिक्रिया