कला


महेशको त्यो फोन अनि आमाले आँसु थाम्न सकिनन् (भिडिओ)


नेपालखबर
बैशाख १४ , काठमाडौँ

अभिनेता महेश त्रिपाठी पछिल्लो समय चर्चामा छन्। ‘लाज शरणम्’ को सन्देशदेखि ‘रेशम फिलिली’ को पुष्पा पात्रबाट उनको तारिफ भइरहेको छ। 

यसअघि महेशले ‘हल्कारा’ बाट अन्तर्राष्ट्रिय उपाधि जितिसकेका छन्। वर्ल्ड फेस्ट ह्युस्टन इन्टरनेसनल फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेता अवार्ड हात पारेका थिए। जुन पल महेशलाई सधैं विशेष लाग्छ। 

अवार्ड जितेपछि आमालाई त्यो खुसीको पल सेयर गर्न आतुर थिए महेश। त्यसैले त अमेरिकामा रहेका उनले अवार्ड जितेसँगै आमालाई फोन गरे। र, उत्साहित हुँदै भने ‘ममी, मैले उत्कृष्ट अभिनेताको अवार्ड जितेँ !’

तर, उनकी आमाबाट केही प्रतिक्रिया आएन। खाली सुँक्सुकाउँदै गरेको आवाज आयो। अनि आमाले बुवालाई फोन दिइन्।

महेशले बुवालाई पनि त्यही कुरा दोहोर्‍याए। त्यसपछि बुवाले खुसीमा पनि रुने हो त भनेर आमालाई सम्झाए।

खासमा वर्षौंपछि छोराले सफलता पाउँदा उनकी आमा भावुक बनेकी रहिछिन्। त्यो पल अहिले पनि याद आउँछ महेशलाई।

‘बुवाआमा जहिल्यै नै खुसी हुनुहुन्छ। हल्काराको अवार्ड पाउँदा आमालाई फोन गरेका थिए। तर, उहाँ खुसीले बोल्नसक्नुभएन। बुवाआमालाई छोराछोरीको स-साना उपलब्धिमा खुसी लाग्छ। त्यो व्याख्या गर्न सकिन्न,’उनले भने।  

हुन पनि महेशका लागि यो अवार्ड जित्नु सोचबाहिरको कुरा थियो। पहिलोपल्ट लिड रोलमा देखिएका उनी ६ वर्षपछि कमब्याक गरिरहेका थिए। उनले नेपालखबरसँगको कुराकानीमा भने, ‘नोमिनेसनमा पर्दा म निकै सप्राइज भएको थिएँ। जितिसकेपछि म ठीक ठाउँमा रहेछु भन्ने आत्मविश्वास मिल्यो। हल्कारा अभिनय र करिअरका हिसाबले टर्निङ प्वाइन्ट हो। रिलिज भएपछि फिल्मवृत्तमा राम्रो चर्चा भयो।’

भिडिओ हेर्नुहोस्

बैशाख १४, २०८२ आइतबार १६:२०

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad