कला


राजेशको कमब्याक फिल्म ‘नरसिंहा:अवतार’ को अग्रिम टिकट खुला

राजेशको कमब्याक फिल्म ‘नरसिंहा:अवतार’ को अग्रिम टिकट खुला

नेपालखबर
जेठ ७, २०८२ बुधबार १३:२६, काठमाडौँ

राजेश हमालको कमब्याक फिल्म ‘नरसिंहा:अवतार’ को अग्रिम टिकट खुला गरिएको छ। मल्टिप्लेक्स हलहरूले शो तालिका सार्वजनिक गर्दै अग्रिम टिकट बुकिङ खुला गरेका हुन्।

देशकै ठूलो मल्टिप्लेक्सन चेन क्युएफएक्स सिनेमाजले मंगलबारदेखि बुकिङ खुलाएको हो। क्युएफएक्सले सुखद शो दिएको छ। त्यस्तै, अन्य मल्टिप्लेक्स हलहरु आईएनआई सिनेमाजले पनि बुकिङ खुलाइसकेको छ। अन्य केही हलहरूले पनि बुकिङ खुलाएका छन् भने केहीमा खुलाउने तयारी छ।

फिल्मको प्रदर्शन मितिसहितको फस्टलुक भोलि सार्वजनिक गर्ने तयारी निर्माताको छ। यो फिल्म जेठ ९ अर्थात आउँदो शुक्रबारबाट रिलिज हुँदैछ।

यस फिल्ममा राजेश हमालसहित सरोज खनाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, उषा खड्गी, प्रशान्त ताम्राकार, नीर शाह लगायतको अभिनय छ।

दिवाकर भट्टराइकै लेखन र निर्देशन रहेको फिल्ममा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको लगानी छ। यस फिल्मबाट हमाल आठ वर्षपछि कमब्याक गर्दै छन्। त्यसैले  उनको कमव्याक कस्तो होला भने कौतुहलता दर्शकमा छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad