कला


‘ऊनको स्वीटर’ ले कमायो १० करोड

‘ऊनको स्वीटर’ ले कमायो १० करोड

नेपालखबर
जेठ १६, २०८२ शुक्रबार १६:२६, काठमाडौँ

फिल्म ‘ऊनको स्वीटर’ प्रदर्शनको चौथो हप्तामा प्रवेश गरेको छ। यस चलचित्रले हालसम्म देशव्यापी रूपमा १० करोड ५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको निर्माण पक्षले जनाएको छ। 

आर्टमाण्डू नेपालको ब्यानरमा निर्माण भएको यो फिल्म प्रदर्शनको चौथो हप्तामा प्रवेश गरेको छ। पनि चलचित्रले देशभर १०० भन्दा बढी शो पाएको छ, जुन कुनै पनि नेपाली चलचित्रका लागि उल्लेखनीय मानिन्छ।

नवीन चौहानको लेखन तथा निर्देशनमा बनेको चलचित्रले रिलिजको पहिलो दिनदेखि नै सकारात्मक प्रतिक्रियासहित दर्शकको साथ पाउँदै आएको छ। देशभरका सिनेमा घरहरूमा लगातार हाउसफुल शो दिँदै आएको चलचित्रले दर्शकलाई कथावस्तु, संवाद, अभिनय र निर्देशनका हिसाबले तानेको छ।

चलचित्रमा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बू, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर र सुनिल पोखरेलको अभिनय रहेको छ। समीक्षकदेखि सर्वसाधारण दर्शकसम्मबाट पाइरहेको प्रशंसा र सकारात्मक समीक्षाले गर्दा चलचित्रको चौथो सातासम्मको यात्रालाई उल्लेखनीय बनाएको हो।

हालसम्म ओभरसिज कलेक्सन सार्वजनिक गरिएको छैन, तर विदेशमा पनि चलचित्रले लगातार राम्रो प्रदर्शन गरिरहेको छ। 'ऊनको स्वीटर' नेपाली चलचित्र उद्योगका लागि पछिल्लो समयको व्यावसायिक र समीक्षात्मक रूपमा सफल चलचित्र बन्न पुगेको छ।

देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमाजले व्यापारको आधारमा यो चलचित्रलाई सुपरहिटको ट्याग दिएको छ। यस्तै, वि.सं. २०८२ सालको पहिलो सुपरहिट चलचित्र पनि 'ऊनको स्वीटर' बनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad