‘कल्ली’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ। फिल्मको पोस्टर सार्वजनिक गर्दै फागुन १ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो।
सार्वजनिक दुई पोस्टरमध्ये एक पोष्टरमा अभिनेता सौगात मल्ल बाघसँग देखिएका छन्। रिसाहा अवतारमा देखिएको मल्लको हातमा रगतले लत्पतिएको भाला छ।
यस्तै, अर्को पोस्टरमा सौगातसहित बेनिशा हमाल, उत्तम प्रधान, नाजिर हुसेन,अर्पण थापा र सुलक्षण भारतीलाई देख्न सकिन्छ। यो पोष्टरले फिल्मका अधिकांश पात्रहरुको चरित्र बोल्न खोजेको छ।
लेकाली इन्टरटेन्मेन्ट प्रा।लि र कस्तुरी प्रोडक्सनको प्रस्तुतिमा तयार भएको फिल्मको निर्माता किरण नेपाली हुन्। लक्ष्मण सुनारको कथा र निर्देशन रहेको फिल्मको पटकथा महेश दवाडीको लेखेका हुन्।
‘बुलाकी’ निर्देशन गरेपछि लक्ष्मण चर्चामा छन् । सामाजिक कथावस्तुका फिल्म निर्देशनमा उनको नाम अहिले अगाडि आउँछ । यसैले, उनको निर्देशन रहेको ‘कल्ली’ पनि सामाजिक विषयवस्तुमा बलियो बनेको विश्लेषण गर्न सकिन्छ ।
फिल्ममा वर्षा राउत, बेगम नेपाली, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, अर्जुन गुरुङ, सन्जोक राणा, गीता अधिकारी, कुल बहादुर अधिकारी र श्याम मगरको अभिनय छ । यस्तै, फिल्ममा उपेश ढकाल, मञ्जिला बाँनिया र समर्पण खतिवडा बाल–कलाकारको रुपमा छन् ।
आशिष अविरल, सरित राई, केतन क्षेत्रीको संगीत रहेको फिल्ममा एनवी महर्जनको एक्सन, मिलन श्रेष्ठको सम्पादन, निसाल पौडेलको छायांकन छ। फिल्मका निर्माण प्रमुख सुरज आचार्य हुन्।
Shares

प्रतिक्रिया