फिल्म ‘रातो पासपोर्ट’ बन्ने भएको छ। सिबर्ड्स पिक्चर्स र होप्स बजको प्रस्तुति तथा ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा बन्न लागेको फिल्ममा सिमसोन तामाङको निर्देशन छ।
यस फिल्मको कथा माइकल तामाङले लेखेका हुन् भने पटकथा तथा संवाद प्रदीप कुमार चौधरीले तयार पारेका छन्। युरोपका देशहरूमा त्यहाँको नागरिकता (रातो पासपोर्ट) प्राप्त गर्ने उद्देश्यका साथ पुगेका नेपालीले गर्ने सङ्घर्षको कथालाई यस फिल्ममा देखाइनेछ।
चलचित्रका कलाकार तथा क्रू सदस्यहरू नेपालबाट चाँडै छनौट गरिने निर्माण पक्षले जनाएको छ। यसका साथै युरोप र युकेमा रहेका कलाकारलाई अडिसनमार्फत छनोट गरिने योजना रहेको कार्यकारी निर्माता प्रवेश पौडेलले बताए। चलचित्रको छायाङ्कन पोर्चुगल, युरोपका अन्य केही देश र नेपालमा हुनेछ।
यस फिल्ममा लोकबहादुर तामाङ निर्माताको रूपमा छन् र प्रवेश पौडेल कार्यकारी निर्माताको भूमिकामा रहनेछन्। पौडेलले यसअघि अमेरिका ब्वाइज र बिहे पास निर्देशन गरेका थिए ।
निर्देशक सिमसोन तामाङ नेपाली चलचित्र उद्योगमा एक्सन निर्देशक तथा प्रमुख सहायक एक्सन निर्देशकका रूपमा लामो समयदेखि सक्रिय छन्।
उनले सन् २०१३ मा बाउन्सर, बडी गार्डु,लभ सबु, मधुमासु, ब्ल्याक फ्ल्याग, किल्ला, ऐश्वर्यु, पिँजडा ब्याक अगेनु लगायतका नेपाली एक्सन चलचित्रहरूमा प्रमुख सहायक एक्सन निर्देशकको रूपमा काम गरेका छन्। त्यस्तै, उनले धन्य माया जालु, लप्पन छप्पन २ जस्ता चलचित्रमा एक्सन निर्देशकको रूपमा काम गरिसकेका छन्।
Shares

प्रतिक्रिया