कला


‘अभिमन्यु: च्याप्टर-१’को पोस्टरमा यस्तो छ कामेश्वर चौरासियाको लुक्स

‘अभिमन्यु: च्याप्टर-१’को पोस्टरमा यस्तो छ कामेश्वर चौरासियाको लुक्स

नेपालखबर
असार ३०, २०८२ सोमबार १२:५३, काठमाडौँ

फिल्म ‘अभिमन्यु: च्याप्टर–१’को पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा कामेश्वर चौरासियालाई देख्न सकिन्छ। 

जहाँ उनी खुसीले कराइरहेको जस्तो देखिन्छ। उनको तलतिर कारगार छ। कारागारलाई गरिएको तारबारभन्दा माथि उनी चिच्याइरहेका छन्।

कारागारको छेउ, अगाडि डफल ब्याग अनि कामेश्वरको एक्सप्रेसनले उनी कि फिरौती रकम तिर्दैछन् कि फिरौती उठाउँदैछन् भन्ने अनुमान लगाउन सकिन्छ। यस फिल्मले पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको कथा भन्ने अनुमान छ। हाल फिल्मको काम प्रोस्टप्रडक्सनमा छ। 

यो फिल्म भदौ २७ गते रिलिज हुँदै छ। यसको हिन्दी भर्सन भने असोज ६ अर्थात् (सेप्टेम्बर २२) मा रिलिज हुँदैछ। 

यस फिल्ममा कामेश्वरसहित सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौला लगायतका अभिनय छ।

सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको यस फिल्मलाई सुशान्त गौतमले निर्देशन गरेका छन्। यो उनको डेब्यु निर्देशन हो।

मुकेश खनालको लेखन रहेको यस चलचित्रको क्रिएटिभ निर्देशकमा मदन थापा छन्। ‘अभिमन्यु स् च्याप्टर–१’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्। रमेश चौलागाई र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् ।

जीवन शाक्य लाइन प्रोड्युसर रहेको यस चलचित्रमा आकाश उखेडा मुख्य सहायक निर्देशक, मदन घिमिरे सम्पादक, सरोज श्रेष्ठ निर्माण नियन्त्रक रहेका छन्। ‘अभिमन्यु’मा शरद महतोको डिओपी रहेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad