मिलन चाम्सको निर्देशनमा बन्ने फिल्म ‘सुम्निमा’मा अभिनेता कुन्साङ बमजन अनुबन्ध भएका छन्। निर्माणटिमका अनुसार उनी फिल्ममा मुख्य भूमिकामा देखिनेछन्।
अभिनेता बमजनले मिलन चाम्सको चलचित्रमा काम गर्न पाउनु गर्वको कुरा रहेको सुनाए। उनले यस चलचित्रलाई आफ्नो डेब्यु चलचित्रको रुपमा आफूले दिलोज्यानले मिहिनेत गरेर आफूलाई प्रमाणित गर्ने उनको भनाइ छ।
गोर्खा फिल्मस र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण हुने चलचित्रको नाम सुन्दा नारीको कथा लाग्ने भए पनि चलचित्र विशुद्ध प्रेमकथामा बन्ने निर्देशक चाम्सले बताए।
यसअघि फिल्मको मुख्य अभिनेत्रीमा उपासना सिंह ठकुरी देखिने पक्का भइसकेकी छिन्। चलचित्रको अन्य कलाकार र प्राविधिक टिम छनोटको क्रममा रहेको निर्देशक चाम्सले बताए।
निर्देशक चाम्सका अनुसार, युनिसर्भल कथा र अन्तर्राष्ट्रिय बजारलाई ध्यान राख्दै यो चलचित्र तयार पारिनेछ। राजीव थापाको लेखनमा बन्न लागेको चलचित्रको आगामी अगस्टमा लण्डन र नेपालमा छायांकन हुनेछ।
चाम्स द्वारा निर्देशित चलचित्र ‘अञ्जिला’ ले ब्लकबस्टर ब्यापार गरेको छ। बायोपिक चलचित्रमा सबै भन्दा बढी व्यापार गर्ने रेकर्ड पनि अञ्जिला’ ले बनाएको छ।
Shares

प्रतिक्रिया