फिल्म ‘मैझारो’को शुभमुहूर्तसँगै छायांकन सुरु गरिएको छ।
नेपालको पूर्वी पहाडी जिल्ला इलामबाट बिहीबार सुटिङ सुरु गरिएको हो।
फिल्मको छायांकन इलाम र पाँचथर जिल्लाका विभिन्न स्थानमा गरिने बताइएको छ।
अभिनेता विल्सन विक्रम राई ‘तक्मे बुढा’ले यस फिल्मबाट निर्देशनमा डेब्यु गर्दै छन्।
फिल्ममा पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थलाई आधार बनाइएको निर्देशक राईले जानकारी दिए।
फिल्मको कथा, पटकथा र निर्देशन राई स्वयंले गरेका हुन्।
फिल्ममा धीरज मगर, मिरुना मगर, दिया पुन, सुनिल थापा, कविता आले, पुस्कर गुरुङ, अभयराज बराल, उदय सुब्बा, बुद्धि तामाङ, रजनी गुरुङ, विशाल लिम्बू र सुभाष सिंह ठकुरी लगायत कलाकारहरूको अभिनय रहनेछ।
संगीत अनमोल गुरुङ र तोरेम्पा हाङ राईले संयोजन गर्ने फिल्ममा स्वर गायक राजेश पायल राई, अस्मिता अधिकारी, झुमा लिम्बू, अनमोल गुरुङलगायतले दिनेछन्। छायांकनको जिम्मा सौरभ लामाले सम्हालेका छन्।
‘तक्मे प्रोडक्सन’को ब्यानरमा निर्माण हुन लागेको यो पहिलो फिचर फिल्म हो।
Shares

प्रतिक्रिया