साउन २३ देखि दुई नेपाली फिल्म ‘मोहर’ र ‘सिटामोल’ हलमा लाग्दै छन्। दुवै फिल्मका लागि अग्रिम बुकिङ खुला भइसकेको छ।
देशको सबभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले दुवै फिल्मलाई पहिलो दिनका लागि झन्डै बराबरी शो उपलब्ध गराएको छ।
क्यूएफएक्सले काठमाडौँभित्र ‘सिटामोल’लाई १५ शो दिँदा ‘मोहर’ लाई १४ शो दिएको छ।
दोस्रो ठूलो चेन आईएनआई सिनेमाजले ‘मोहर’ लाई १२ शो दिएको छ भने ‘सिटामोल’लाई ११ शो उपलब्ध गराएको छ।
त्यस्तै वान सिनेमाजले दुवै फिल्मलाई ६/६ शो दिएको छ। अन्य हलमा पनि दुवै फिल्मले राम्रै शो पाएका छन्।
अझै केही मल्टिप्लेक्सले शोज खुलाउन बाँकी नै छ।
राजबहादुर साने निर्देशित ‘सिटामोल’मा सौगात मल्ल र बेनिशा हमालको मुख्य भूमिका छ।
त्यसैगरी ओम प्रतीकको लेखन तथा निर्देशन रहेको ‘मोहर’ मा भने पल शाह, नीति शाह, बेनिशा हमाल मुख्य भूमिकामा छन्।
Shares

प्रतिक्रिया