रजनीकान्त स्टारर भारतीय फिल्म ‘कुली’ ले बक्सअफिसमा नयाँ नयाँ रेकर्ड बनाइरहेको छ। यस फिल्मले पहिलो दिन भारतभर नेट ६५ करोड भारतीय रुपैयाँ कमाइ गरिसकेको छ। जुन रजनीकान्तको ५० वर्षे करिअरकै सर्वाधिक ओपनर फिल्म बनेको छ।
यस फिल्मले रजनीकान्तका अघिल्ला ब्लकबस्टर फिल्म ‘जेलर’ र ‘२.०’ को पहिलोदिनको कमाइलाई समेत पछि पारेको छ। साथै थलापति विजयको ’लियो’ लाई पछि पार्दै ‘कुली’ तमिलतर्फ पहिलो दिन धेरै कमाई गर्ने फिल्म बनेको छ।
‘कुली’ ले तमिल संस्करणबाट ४५, तेलुगु संस्करणबाट १५ र हिन्दी संस्करणबाट ४.५ करोड भारूको व्यापार गरेको छ। विश्वभर पनि यस फिल्मले राम्रो कमाइ गरिरहेको छ।
लोकेश कनगराजद्वारा निर्देशित यस फिल्ममा रजनीकान्तसहित श्रुति हासन, नागार्जुन, सत्यराज र आमिर खानको पनि अभिनय छ। यो फिल्म एक्सन जनरामा बनेको हो।
Shares

प्रतिक्रिया