झुमा लिम्बु एण्ड दि रैथाने ब्यान्डले आगामी असोज ३ गतेबाट रिलिज हुने फिल्म ‘जारी २’को सहकार्यमा ‘रैथाने घुमफिर कन्सर्ट २०८२’ आयोजना गर्ने भएको छ। जसको सुरूवात आगामी भदौ २१ गते काठमाडौंको ठमेलस्थित एलओडी क्लबबाट हुनेछ। जहाँ ‘जारी २’को टिमले च्याब्रुङ नाच समेत प्रस्तुत गर्नेछ ।
यो सांगीतिक यात्रामार्फत सांस्कृतिक पहिचानलाई प्रवर्धन गर्ने उद्देश्य लिइएको छ । विभिन्न सहर र गाउँमा पुगेर स्थानीय लोकसंगीत हाक्पारे पालाम, च्याब्रुङ, घाँटु, सोरठी, डेउडा, मारुनी लगायत संगीत र नृत्यलाई केन्द्रमा राखेर सांगीतिक प्रस्तुति हुनेछ ।
लोकसंगीत, केवल मनोरञ्जनको माध्यम मात्र नभई नेपालको मौलिक सांस्कृतिक जीवनशैली, इतिहास र सामुदायिक एकताको प्रतिविम्ब भएको गायिका लिम्बुले सुनाइन्। ‘यो यात्राले संस्कृति र संगीतलाई नयाँ पुस्तामा पुर्याउने आशा लिएका छौं। ‘रैथाने घुमफिर’ले गाउँ र सहरको संगीत र संस्कृतिलाई जोड्न एउटा पुलको रूपमा उभिनेछ’ उनले भनिन् ।
15
Shares

प्रतिक्रिया