कला


डेनमार्कको राजधानीमा गुञ्जियो नेपथ्य

डेनमार्कको राजधानीमा गुञ्जियो नेपथ्य

नेपालखबर
भदौ १५, २०८२ आइतबार १४:२०, काठमाडौँ

चर्चित सांगीतिक ब्यान्ड नेपथ्य डेनमार्कको राजधानी कोपनहेगनमा गुञ्जिएको छ। युरोपमा औद्योगिक युगको पुरानो वैभव संझाउने डेनमार्कको प्रसिद्ध कन्सर्ट थलो पुलेन हलमा शनिबार दर्शकको उच्च साथमा नेपथ्यले आफ्ना चर्चित गीतहरुबाट भव्य प्रस्तुति दिएको हो। 

नेपथ्यको कन्सर्ट हेर्न डेनमार्कका मात्र नभई फिनल्याण्ड, जर्मनी, नर्वे, अष्ट्रिया, पोल्याण्ड, स्विडेन र बेल्जियमदेखि दर्शक पुगेका थिए। ब्यान्डको मुख्य गायक अमृत गुरुङले कन्सर्टको पहिलो गीत ‘कोशीको पानी’ सुनाउँदै गर्दा हलभरी दर्शकको चर्को हुटिङ सुनिएको थियो। दर्शकले २ घन्टासम्म नेपथ्य ब्यानडलाई साथ दिएका थिए।

डेनमार्कमा नेपथ्यले नौ वर्षपछि कन्सर्ट गरेको हो। नेपाली राजदुत सुम्निमा तुलाधरले यो कन्सर्ट मात्र नभएर नेपाली उत्सव समेत बनेको प्रतिक्रिया दिएकी छिन्।

यस कार्यक्रमलाई नेको इभेन्ट्सको व्यवस्थापनमा आयोजना गरिएको हो। ब्यान्डका मुख्य गायक अमृत गुरुङले गीत गाउँदै दर्शकसँग संवाद गरेका थिए। अमृतले विदेशमा बसेका नेपाली एकजुट हुनुपर्ने सन्देश समेत कन्सर्टमा दिएका थिए। ब्यान्डले आफ्ना चर्चित गीतहरु मार्फत दर्शकलाई झुमाएको थियो।

‘रातो र चन्द्र सुर्जे’ गीत गाएपछि व्याण्डले दर्शकसँग बिदा मागेको थियो। कन्सर्टमा अमृतलाई ड्रम सेटमा धु्रव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले साथ दिएका थिए।

नेको इभेन्ट्का पवन पाण्डेले भय रुपमा कन्सर्ट सम्पन्न भएपछि भने, ‘यो लामो समयदेखिको प्रयासमा सफल भएको कार्यक्रम हो। एकातिर सपना पुरा भएको छ भने अर्कोतिर दर्शक रमाएर फर्किएको देख्दा खुशी लागेको छ।’

नेको इभेन्टस्ले सन् २०१४ देखि डेनमार्कमा बसोबास गर्ने नेपाली समुदायका लागि विविध कार्यक्रमहरु गर्दै आइरहेको छ। नेको इभेन्ट्सले डेनमार्कमा बसोबास गर्ने नेपालीहरुका लागि सांस्कृतिक र सामाजिक गतिविधिहरु मार्फत एकताको भावना कायम राख्न महत्वपूर्ण योगदान पनि दिदै आइरहेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad