कला


सुसेला काव्यशालामा सुनिए कवि नारायण ढकाल

सुसेला काव्यशालामा सुनिए कवि नारायण ढकाल

नेपालखबर
भदौ १६, २०८२ सोमबार १७:२२, काठमाडौँ

सुसेला काव्यशालाको छैटौँ श्रृंखलामा यसपटक लेखक नारायण ढकाल सुनिएका छन्। सुसेला संगीत समूहको आयोजनामा काठमाडौको शंखमुलस्थित उजामा क्याफेमा ढकालका कवितासहित सांगीतिक प्रस्तुति गरिएको थियो। 

कार्यक्रममा ढकालका १० वटा कविताका साथ सुसेला समूहले चारवटा गीतमा प्रस्तुति दिएको थियो। जसमा ढकालले चार दशकअघि लेखेको एक गीतसमेत समेटिएको थियो।

जीवनका आयामहरुमा ५ दशक लामो समयसम्म कतै न कतै सामाजिक राजनीतिक आन्दोलनमा जोडिएर पत्रकार, राजनीतिज्ञ, सांसदलगायत विभिन्न पहिचान बनाएका ढकालका दुर्भिक्ष, प्रेत संवाद, इरफान अली, वृषभबध, शोकमग्न यात्री, हजार माइलको बाटो, पीत संवाद, अन्तिम पात, नारायण ढकालका कथालगायतका पुस्तकहरु प्रकाशित छन्।

साङ्गीतिक कार्यक्रमसहितको उक्त कार्यक्रममा उपस्थित भई कविता वाचन गर्दा आफूलाई फरक अनुभूति भएको बताउँदै ढकालले कार्यक्रमको प्रशंसा गरेका थिए। खगेन्द्र सङ्ग्रौला, शार्दूल भट्टराई, हरि रोका, तुलसीदास महर्जन, कुमार उपाध्याय, नारायण अमृत, विनोदबिक्रम केसीलगायतको उपस्थित रहेको थियो।

दुई वर्षअघिदेखि हरेक महिनाको पहिलो शनिबार गर्नेगरी सुरु भएको सुसेला काव्यशाला आगामी दिनमा नियमित हुने आयोजक समूहले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad