कला


कस्तो छ प्रकाश सपुत र परिक्षा लिम्बु अभिनीत ‘सोल्टिनी’  को टिजर?

कस्तो छ प्रकाश सपुत र परिक्षा लिम्बु अभिनीत ‘सोल्टिनी’  को टिजर?

नेपालखबर
असोज २, २०८२ बिहिबार १४:५३, काठमाडौँ

कार्तिक ६ गते भाइटिकाको दिनबाट रिलिज हुने फिल्म ‘सोल्टिनी’  को टिजर सार्वजनिक गरिएको छ। फिल्मको टिजरमा मुख्य कलाकार प्रकाश सपुत र परीक्षा लिम्बुबीचको प्रेमवरिपरि घुमेको छ। प्रेमदेखि समाजको वास्तविकतालाई टिजरमा चित्रण गरिएको छ। 

यसअघि चलचित्रका चार फरक–फरक पोस्टर सार्वजनिक गरिएको थियो, जसले कथावस्तु प्रेम, संस्कृति र ग्रामीण परिवेशमा आधारित रहेको सन्देश दिएको थियो। नयाँ सार्वजनिक टिजरले पनि त्यही पक्षलाई थप प्रस्ट्याउँदै ग्रामीण जीवनशैली, प्रेमकथा र सामाजिक सङ्घर्षलाई उतारेको छ। 

यस फिल्मलाई अर्जुन सुवेदीले निर्देशन गरेका हुन्। फिल्ममा प्रकाश र परीक्षासँगै विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडालगायतको अभिनय रहेको छ।

विशेष आकर्षण भनेको यस चलचित्रमा कार्यकारी निर्माताको रूपमा 'हर्क साम्पाङ रिभोलुसन एन्ड द टिम'को संलग्नता हो, जसको नेतृत्व धरानका मेयर हर्क साम्पाङले गरिरहेका छन्।

इलाम बजार, बिब्ल्याँटे, कन्याम, बिर्तामोड, पथरी र भोजपुरका रमणीय स्थानमा छायाङ्कन गरिएको ‘सोल्टिनी’मा समाजमा व्याप्त अमानवीयता र जातीय भेदभावका विरुद्ध आवाज उठाउने सन्देश समेटिएको निर्देशक सुवेदीले दाबी गरेका छन्। दुई प्रमुख पात्रबीचको प्रेमकथा यसकै मुख्य आकर्षण रहेको बताइएको छ।

गीतमा प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ भने छायाङ्कन सुशन प्रजापतिले गरेका हुन्। कथा पटकथा अर्जुन सुवेदी र कुमार भट्टराईको रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad