कला


प्रताप र सदीक्षाको स्वरमा फिल्म ‘हर्ष’ को पहिलो गीत सार्वजनिक

प्रताप र सदीक्षाको स्वरमा फिल्म ‘हर्ष’ को पहिलो गीत सार्वजनिक

नेपालखबर
असोज १०, २०८२ शुक्रबार १६:६, काठमाडौँ

मंसिर १२ गते प्रदर्शन पारिवारिक ड्रामा फिल्क ‘हर्ष’ले नयाँ गीत सार्वजनिक भएको छ। डेब्यू निर्देशक एकता पौडेल निर्देशित फिल्मको पहिलो गीत ‘सिठ्ठी मार’ रिलिज गरिएको हो। 

सार्वजनिक गीतमा प्रताप दास र सदीक्षा कट्टेलको युगल स्वर सुन्न सकिन्छ। पवित्रा घिमिरेको शब्द रचना रहेको गीतमा एलिस कार्कीले संगीत भरेका छन्। 

आलोक शुक्लाले खिचेको गीतमा सुनिल क्षेत्रीले कोरियोग्राफी गरेका छन्। भिडिओमा प्राय कलाकार फिचर्ड भएका छन्। पारिवारिक जमघटको माहोलमा तयार पारिएको यो गीतमा वर्षा राउत, खगेन्द्र लामिछाने, सन्तोष पन्त, विशाल पहारी, शर्मिला मल्ल, अंशु महर्जन, शुनिल क्षेत्री, माओत्से गुरुङ, लुनिभा तुलाधर फिचर्ड छन्। 

‘हर्ष’ सिनेमालाई प्रशन्न पौडेल तथा विकाश पौडेलले निर्माण गरेका हुन् भने कार्यकारी निर्मातामा हिक्मत चोखाल हुन्।

सिनेमामा खगेन्द्र लामिछाने, वर्षा राउत, सन्तोष पन्त, शर्मिला पन्त, माओत्से गुरुङ,विसा पहारी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, श्रीजना नापित तथा बाल कलाकार साइमन वादीको अभिनय रहेको छ।

अष्टलक्ष्मी प्रोडक्सन्स् र ई–प्राईम मुभिजको ब्यानरमा निर्माण भएको सिनेमाको कथा स्वयं निर्देशक पौडेलले लेखेकी हुन्। दिवंगत निर्देशक शिव रेग्मीकी भाञ्जी रहेकी निर्देशक पौडेलले यो सिनेमाबाट स्व रेग्मीको विरासतलाई सशक्त निरन्तरता दिने अपेक्षा राखिएको छ।

निर्देशक पौडेल न्यूयोर्क सिनेमा एकेडेमीमा सिनेमा मेकिङ अध्ययन तथा आमसंचारमा स्नातक गरेकी छन्। व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर गरेकी निर्देशक पौडेलले यसअघि केही छोटा सिनेमाहरु समेत निर्माण गरिसकेकी छन्। सम्पूर्ण छायांकन चितवनमा नै गरिएको सिनेमा हाल पोष्ट प्रोडक्सनको चरणमा रहेको छ। पौडेलले आफू र आफ्नो टिमले दर्शकलाई ‘हर्ष’ सिनेमा उत्कृष्ट रुपमा पस्किने बताउँदै आइरहेकी छन्।

‘हर्ष’मा समीर र हिमाल, वसन्त सापकोटा तथा एलिश कार्कीको संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी रहेको छ। सिनेमामा स्वर्गिय शिव रेग्मी, डाक्टर कृष्णहरी बराल, पवित्रा घिमिरे, नीरकमल खड्काको शब्द रचना, इश्वर घिमिरे प्रोडक्सन म्यानेजर, कुलदीप शर्मा मुख्य सहायक निर्देशक रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad