ऋषभ शेट्टीको मुख्य भूमिका रहेको भारतीय फिल्म ‘कान्तारा: च्याप्टर १’ आक्रामक व्यापार गरिरहेको छ। यस फिल्मले एक सातामा भारतभरि ३१६ करोड भारतीय रुपैयाँ कमाएको छ।
‘कान्तारा: च्याप्टर १’ लाई ‘कान्तारा’ भन्दा पनि बढी मन पराइएको छ। यो फिल्म सन् २०२२ मा रिलिज भएको ‘कान्तारा’ प्रिक्वेल हो। ‘कान्तारा’ ले बक्सअफिसमा ४०० करोड भारू बढीको व्यापार गरेको छ।
कन्नड भाषाको यो फिल्म हिन्दी, तमिल, तेलुगु, मलयालम र बंगाली भाषामा पनि रिलिज भएको थियो। प्रदर्शनको पहिलो दिन यस फिल्मले घरेलु बक्सअफिसमा ६१ करोड रुपैयाँ भारुको ओपनिङ गर्न सफल भएको थियो। विश्वभर भने फिल्मले साढे ४ सय करोड भारुको आकंडा पार गरेको छ।
अभिनेता ऋषभ शेट्टीले फिल्मको ठूलो कमाई र सफलताको बारेमा बोलेका छन्। हालैको एक कार्यक्रममा उनले फिल्मको सफलताको रहस्य खुलासा गरे।
‘अघिल्लो भागदेखि यस भागसम्म, हामीले फिल्मलाई दृश्यात्मक रूपमा विस्तार गरेका छौं। मैले पहिले पनि भनेको छु कि हामी जति क्षेत्रीय हुन्छौं, त्यति नै विश्वव्यापी हुन्छौं। ठ्याक्कै त्यस्तै भयो,’ उनले भने, ‘यो फिल्म र चरित्र मेरो सपना थियो, जुन मेरो टोलीले आफ्नै बनाएको थियो। र, अब यो जनताको सपना बनेको छ। मेरो ऊर्जा जनतामा हस्तान्तरण गरिएको छ।’
Shares

प्रतिक्रिया