कला


३ करोड माथि ‍फिल्म ‘जेरी अन टप’ को व्यापार, मोफसलका दर्शक भेट्न निस्किए कलाकार

३ करोड माथि ‍फिल्म ‘जेरी अन टप’ को व्यापार, मोफसलका दर्शक भेट्न निस्किए कलाकार

नेपालखबर
कात्तिक ४, २०८२ मंगलबार १५:४०, काठमाडौँ

अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘जेरी अन टप’ले ३ करोड बढीको व्यापार गरेको छ। शुक्रबारदेखि प्रदर्शनरत यस फिल्मले हालसम्म ३ करोड २ लाख ३२ हजार ग्रस कलेक्सन गरेको हो।

फिल्मले मंगलबार मध्यान्ह १२ बजेसम्म ३ करोड २ लाख ३२ हजार ग्रस कलेक्सन गरेको निर्माता सरोज न्यौपानेले जानकारी दिए।

अनमोलसहित जसिता गुरुङ र आँचल शर्मा अभिनीत यस फिल्मले राम्रो प्रतिक्रिया पाइरहेको छ। चलचित्र विकास बोर्डको बक्सअफिस रिपोर्टअनुसार फिल्मले पहिलो दिन ७२ लाख ५९ हजार ४०८ रुपैयाँ ओपनिङ गरेको थियो।

शनिबार ८६ लाख ३८ हजार २१० रुपैयाँ कलेक्सन गर्दा आइतबार भने फिल्मले ६३ लाख ६४ हजार कमाएको थियो।

फिल्मले शुक्रबार ७२ लाख ५९ हजार र शनिबार ८६ लाख ३८ हजार रूपैयाँ ग्रस कमाएको थियो। सोमबार ३९ लाख ५६ हजार रूपैयाँ ग्रस कमाएको फिल्मले मंगलबार मध्यान्हसम्म ४० लाख रूपैयाँमाथिको कलेक्सन गरिसकेको निर्माता न्यौपानले दाबी गरे।

यसैबीच, फिल्मका मुख्य कलाकारहरू दर्शकहरू भेट्न मोफसल यात्रामा निस्केका छन्। मंगलबार अभिनेता अनमोल केसी, अभिनेत्रीद्वय आँचल शर्मा र जसिता गुरूङसहित निर्देशक सुयोग गुरुङलगायतको टिम पश्चिम नेपाल भ्रमणमा निस्किएको हो।

मंगलबार दाङ र बुधबार नेपालगन्जमा कलाकारसहितको टिमले दर्शकसँग फिल्म हेर्ने र प्रतिक्रिया लिने कार्यक्रम रहेको छ। सँगसँगै देशका अन्य विभिन्न सहरहरूमा समेत तिहारअघि र पछि गरेर क्रमशः कलाकारसहित दर्शक साक्षात्कारको लागि पुग्ने सेड्युल छ।

सुयोग गुरूङ निर्देशित यस अनमोल, आँचल र जसितासहित केदार घिमिरे, भुवन केसी, उषा खड्कीलगायतको अभिनय छ। यस फिल्मले सगरमाथा आरोहणदेखि त्रिकोणात्मक प्रेमकथालाई समेटेको छ। हेमराम बिसीको कथा रहेको फिल्मको पटकथा विश्वास तिम्सिनाले लेखेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad