भोलि (शुक्रबार) देखि रिलिज हुने फिल्म ‘परान’को अग्रिम बुकिङ खुला भएको छ। चर्चित व्यापारिक घराना गोल्छा समूहका शेखर गोल्छा र विज्ञापन एजेन्सी प्रिज्मा एड्भर्टाइजिङका रञ्जित आचार्यको डेब्यू निर्माण रहेको फिल्मले देशभर सुखद शो पाएको छ।
बाइस्कोप सिनेमाको ब्यानरमा निर्माण भएको यस फिल्मले हालसम्म ६४ भन्दा बढी शो पाएको हाे। आज साँझसम्म थप केही शो थपिने सम्भावना छ। भावनात्मक पारिवारिक कथानक बोकेको यो फिल्मले नेपाली बक्स अफिसमा ठूलो संख्यामा पारिवारिक दर्शकलाई आकर्षित गर्ने अपेक्षा छ।
दीपकप्रसाद आचार्य (काकु)को डेब्यू निर्देशन रहेको फिल्ममा वरिष्ठ अभिनेता नीर शाहलाई मुख्य भूमिकामा प्रस्तुत गरिएको छ।
फिल्ममा शाहसहित मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, अञ्जना बराइली, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई र बाल कलाकार आर्यादीप आचार्य लगायतको अभिनय छ।
Shares

प्रतिक्रिया