कला


नेपाली पुस्तकहरू अब इ-बुकमा

नेपाली पुस्तकहरू अब इ-बुकमा

नेपालखबर
बैशाख १४, २०७७ आइतबार १२:६,

गत डेढ वर्षदेखि अनलाइन अर्डर लिएर ढोकैमा पुस्तक पुर्याउँदै आएको थुप्रै डट कमले नेपाली पुस्तकहरु इबुकको रुपमा उपलब्ध गराउन सुरु गरेको छ।

 लकडाउनको समयमा पुस्तक प्रेमीहरु घरबाट बाहिर निस्कन पाएका छैनन् भने अनलाइन डेलिभरीका सेवा पनि ठप्प छन्। यस बेलामा इ–बुकको आवश्यकता बढ्न गएको छ तर नेपाली पुस्तकहरु विद्युतीय माध्यमबाट प्रकाशन तथा उपभोग दुवै असहज रहिरहेको हुनाले थुप्रैले आफ्नै प्ल्याटफर्म सुरु गरेको हो।

 नेपाली भाषाका पुस्तकहरु इबुकको रुपमा खरिद गर्न सहज नभएको अवस्थामा पुस्तक प्रेमीहरुलाई सहजरुपमा ईबुक उपलब्ध होस् भन्ने अभिप्राय अनुरूप यो सेवा सुरु गरिएको हो। नेपालमा रहेका पाठकहरुले अब घरबाटै खल्ती, ईसेवा, फोन पे जस्ता स्थानीय अनलाइन भुक्तानी सेवा वा अनलाइन बैंकिगमार्फत पुस्तक खरिद गर्न सक्नेछन् भने विदेशमा रहेका पाठकहरुले पनि विभिन्न अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीका माध्यमबाट खरिद गर्न सक्नेछन्। त्यसैगरी नेपाली प्रकाशकहरुले पनि स्वदेशमै इबुक प्रकाशनको सम्पूर्ण सेवा प्राप्त गर्ने भएका छन्।

 थुप्रै डट कमले नेपालय, किताब पब्लिसर्स, सांग्रिला बुक्स, बुक हिल, बुलबुल, शिल्पी कला समूह, अक्षर क्रियशन लगायतका प्रकाशन गृहहरुसँगको सहकार्यमा यो सेवाको सुरुवात गरेको छ। धेरै पुस्तकहरु न्यूनतम शुल्कमा र केही पुस्तकहरु निःशुल्क पनि उपलब्ध गराइएको छ। निरन्तररुपमा पुस्तकहरु थपिँदै जाने बताइएको छ।

 पुस्तक पढ्नका लागि थुप्रै डट कमले आफ्नै मोबाइल एप्स निर्माण गरेको छ। एन्ड्रोइड फोन तथा ट्याब्लेटका लागि एप सार्वजनिक भैसकेको छ भने आईफोन र आईप्याडका लागि यही साता सार्वजनिक गर्ने लक्ष्य राखिएको थुप्रैका सहसंस्थापक राजु गोतामेले बताए।

‘यो सेवा हामीले नेपाली पठन संस्कृतिलाई थप टेवा पुर्याउने उद्देश्यले शुरु गरेका हौं। हामीलाई आशा छ थप लेखक र प्रकाशकहरुका पुस्तक हामीसँग जोडिंदै जाने छन्’ गोतामेले थपे। थुप्रै डट कमले आफ्नो प्ल्याटफर्मबाट मात्रै नभई एमेजन किन्डल, गुगल प्लेबुक्स, कोबो, एप्पल बुक्स लगायतका इबुक स्टोरहरुमा पनि नेपाली प्रकाशन गृह तथा स्वप्रकाशित लेखकहरुका पुस्तकहरु उपलब्ध गराइ विश्वभरी नै नेपाली पुस्तक खरिद गर्न सकिने व्यवस्था गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad