अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले इन्गेजमेन्ट गरेकी छिन्। उनले आफ्नो जन्मदिनको अवसरमा अवसरमा इन्गेजमेन्ट गरेको जानकारी गराएकी हुन्।
जीवनसाथीको तस्बिर सार्वजनिक गरे पनि उनको बारेमा भने केही खुलाएकी छैनन्। उनले इन्स्टाग्राममा इन्गेजमेन्ट गरेको तस्बिर सार्वजनिक गर्दै प्रेमिल कविता लेखेकी छिन्। यस्तो छ कविता-
मैले प्रार्थना गरेको व्यक्तिका लागि
एक शान्त आत्मा जसले मेरो भाषा बोल्थ्यो
एउटा जादु जब तिम्रा नयनले मेरा नयन भेट्छ
मेरा यी हात कसिलो गरी समाइदियौ, नफुस्किने गरी फेरि
तिमीले सम्झाइदियौ, मलाई माया गर्न कति सजिलो छ
दयालु, प्रेमी र समझदार बनेर
मेरो मुटुमा बसी सधैँ र सदाका लागि मलाई साथ दियौ
975
Shares

प्रतिक्रिया