कला


विशालकी पूर्वपत्नीतर्फ संकेत गर्दै साम्राज्ञी भन्छिन्– त्यो सम्बन्ध पहिले नै बिग्रिसकेको थियो

विशालकी पूर्वपत्नीतर्फ संकेत गर्दै साम्राज्ञी भन्छिन्– त्यो सम्बन्ध पहिले नै बिग्रिसकेको थियो

नेपालखबर
मंसिर १०, २०८२ बुधबार १६:२७, काठमाडौँ

केहीदिनअघि अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले जन्मदिनको अवसरमा इन्गेजमेन्ट गरेको खुलासा गरिन्। त्यसबेलादेखि उनले इन्गेजमेन्ट गरेका युवक विशाल खरेलबारे निकै चासो छ।

यसैबीच, विशालको सम्बन्धविच्छेद भएको र एक छोरा रहेको खबर बाहिरिएको छ। उनको वैवाहिक स्थितीको खुलासा भएपछि धेरैले टिप्पणी गरिरहेका छन्।

एकथरीले विशालले श्रीमती हुँदाहुँदै धोका दिएको आरोप लगाइरहेका छन्। अर्कोथरिले साम्राज्ञीले विवाहित हो भन्ने थाहा हुँदाहुँदै सम्बन्ध अघि बढाएको भन्दै आक्रोश पोखिरहेका छन्।

सामाजिक सञ्जालमा चर्को आलोचना हुन थालेपछि साम्राज्ञीले यसबारेमा मुख खोलेकी छिन्। उनले बुधबार इन्स्टाग्राममा एक पोस्ट गर्दैं उनीहरूको सम्बन्ध बिग्रिसकेपछि आफूले अफेयर अगाडी बढाएको दाबी गरेकी छन्।

‘जब हामीले आशा गुमायौं, हामीले एकअर्काको माया पायौं। दुर्भाग्यवश हामी दुवैको विगत थियो। र, सबैजनाको पनि त्यस्तै छ र हामीलाई पछुतो छैन। हामीले जीवनमा अगाडि बढ्ने निर्णय गर्यौं। म कहिल्यै विवाहित पुरुषसँग डेट गर्ने वा इन्गेजमेन्ट गर्ने छैन र परिवार तोड्ने छैन। त्यो पहिले नै बिग्रिसकेको थियो’ साम्राज्ञीले लेखेकी छिन्, ‘हामी इन्गेजमेन्ट भएका छौं र कानुनी रूपमा एक भएका छौं र हामी यसलाई सुरक्षित राख्ने, हाम्रो प्रेमको रक्षा गर्ने र खुसी हुने वाचा गर्छौं।’

आफ्नो खुसीको मजाक उडाउन बन्द गर्न भन्दै उनले आफूलाई शान्तिपूर्वक बाँच्न दिन आग्रह गरेकी छिन्।  

‘हामीलाई केहिले पनि परिवर्तन गर्ने छैन। कसैलाई न्याय गर्नु अघि, कृपया सम्झनुहोस् कि सिक्काका दुई पाटा छन् त्यसैले मेरो खुशीको मजाक उडाउन बन्द गर्नुहोस्। प्लिज, आफ्नो विचार र लाइकको लागि मेरो नाम प्रयोग गर्न बन्द गर्नुहोस् र मलाई शान्तिपूर्वक बाँच्न दिनुहोस्।’

यद्धपी विशालकी पूर्वपत्नीको दाबी भने फरक छ। थाइल्याण्डमा आफ्नो पूर्वपतिले साम्राज्ञीसँग ‘बेड सेयर’ गरेको कुरा स्वीकारेपछि आफूहरू अलग भएको विशालकी पूर्वपत्नीको दाबी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad