आइएमडीबीले सन् २०२५ का सबैभन्दा लोकप्रिय भारतीय फिल्म स्टारहरूको शीर्ष १० सूची सार्वजनिक गरेको छ। जसको शीर्षस्थानमा ‘सैयारा’ बाट डेब्यु गरेका अहान पाण्डे छन्। त्यसैगरि, दोस्रो स्थानमा पनि ‘सैयारा’ की अभिनेत्री अनित पड्डा छिन्। ‘सैयारा’ बाट शीर्ष स्थानमा पर्न सफल भएकोमा अहान र अनितले निर्देशक मोहित सुरीप्रति धन्यवाद समेत दिएका छन्।
आइएमडीबीले मासिक २५ करोडभन्दा धेरै ‘पेज भिजिटर’ को आधारमा सूची सार्वजनिक गरिएको जनाएको छ। तेस्रो स्थानमा आमिर खान, चौंथोमा इशान खट्टर, पाँचौमा लक्ष्य, छैटौंमा रश्मिका मन्दाना, सातौंमा कल्याण प्रियदर्शन, आठौंमा तृप्ती डिमरी, नवौंमा रुक्मिणी वसन्त र दशौंमा रिशव सेट्टी छन् ।
आइएमडीबीले सबैभन्दा लोकप्रिय भारतीय फिल्म निर्देशकको सूची पनि सार्वजनिक गरिएको छ। सूचीको शीर्षस्थानमा ‘सैयारा’ निर्देशक मोहित सुरी, दोस्रोमा आर्यन खान, तेस्रोमा लोकेश कनगराज, चौंथोमा अनुराग कश्यप, पाँचौमा पृथ्वीराज सुकुमारन, छैटौंमा आरएस प्रसन्न, सातौंमा अनुराग बासु, आठौंमा डोमिनिक अरुण, नवौंमा लक्ष्मण उतेकर, दशौंमा नीरज घवान रहेका छन्।
Shares

प्रतिक्रिया