गायिका समीक्षा अधिकारीको नयाँ गीत ‘शिरमा शिरबन्दी’ चर्चामा छाएको छ। गीतको टुक्राहरू यतिखेर टिकटकदेखि सामाजिक सञ्जालभरि भाइरल छन्।
सुरुमा यस गीतको लिरिकल भिडिओ आएको थियो। गीतले चर्चा बटुलेपछि चारदिनअघि गीतको भिडिओ समेत सार्वजनिक गरिएको छ। समीक्षा अधिकारी अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको भिडिओलाई १४ लाख पटक हेरिएको छ।
यस गीतमा समीक्षासहित गायक सुवास खत्रीको स्वर सुन्न सकिन्छ। सुजित खत्रीको शब्द रहेको गीतमा गायक खत्रीकै संगीत र आकाश नेपालीको एरेन्ज छ। गीतका शब्दहरूले प्रेमी प्रेमिकाहरूबीचको सवालजवाफलाई रमाइलो तरिकाले प्रस्तुत गरिएको छ।
विशाल घिमिरेको कथा तथा निर्देशनमा बनेको भिडिओमा रोशन बिकको कोरियोग्राफी रहेको छ। बुद्ध थापाको छायांकन रहेको भिडिओमा अमृत चापागाईँको सम्पादन छ।
गीतको भिडिओमा समीक्षा र मोडल तथा अभिनेता प्रभात पाल ठकुरीको अभिनय रहेको छ। पछिल्लो समय समीक्षा गायनका साथसाथै अभिनयमा पनि सक्रिय हुन थालेकी छिन्।
Shares

प्रतिक्रिया