कला


‘झरीपछिको इन्द्रेणी’बारे के भन्छन् कलाकार?

‘झरीपछिको इन्द्रेणी’बारे के भन्छन् कलाकार?

नेपालखबर
मंसिर २८, २०८२ आइतबार १२:५१, काठमाडौँ

अर्जुन घिमिरे (पाँडे) निर्देशित फिल्म ‘झरीपछिको इन्द्रेणी’ पुस ४ गते प्रदर्शन हुँदै छ। फिल्ममा अघिल्लो पुस्तादेखि नयाँ पुस्ताका कलाकार छन्। 

‘झरीपछिको इन्द्रेणी’मा कुनै समय सानो र ठूलो पर्दामा राज गरेका कलाकारदेखि नयाँ अनुहारको देखिनेछन्। गणेश उप्रेती दुई दशकअघि सानो पर्दामा एकक्षत्र राज गरेका कलाकार हुन्। उनी ठूलो पर्दामा पनि त्यतिकै लोकप्रिय थिए।

अभिनेता उप्रेती लामो समयपछि फिल्ममा ‘कमब्याक’ गर्दै छन्। यो फिल्मका लागि उनी अमेरिकाबाट नेपाल फर्किएका थिए।

अर्का कलाकार हुन्, रमेश उप्रेती। कुनै समय ठूलो पर्दाका ‘बाघ’ भनेर चर्चा पाएका उनी ‘झरीपछिको इन्द्रेणी’मा देखिनेछन्।
दीपाश्री निरौला आफैमा कुशल निर्देशक र कलाकार हुन्। उनलाई पनि यो फिल्ममा देखिनेछन्। 

त्यस्तै, विमोचन दवाडी र जेसिका पोखरेल यो फिल्मबाट ‘डेब्यू’ गर्दै छन्। उनीहरूको डेब्यूले दर्शकलाई नयाँ स्वाद मिल्नेछ। 
‘झरीपछिको इन्द्रेणी’ अर्जुन घिमिरेले निर्देशन गरेका छन्। उनको यो पहिलो फिचर फिल्म निर्देशन हो। 

यसअघि उनले सातो पर्दामा निर्देशन गरेका थिए। ‘सक्किगोनी’जस्तो लोकप्रिय शृंखलाका निर्देशक र कलाकार भएकाले उनको काम पनि यसमा देख्न पाइनेछ। उनको कमेडीको अनुभवले पनि ‘झरीपछिको इन्द्रेणी’मा नयाँ स्वाद मिल्नेछ। 

यसअघि केही फिल्ममा विशेष भूमिकामा देखिएकी प्रियना आचार्य ‘मुन्नी’ले यस फिल्ममा काम गरेकी छन्।

‘झरीपछिको इन्द्रेणी’ले अहिलेको राजनीतिक अस्थिरता, जनता र देशमा परेको असर कथा बुनेको छ। ‘जेनजी पुस्ता के चाहन्छन्? युवाको आक्रोस, देशमा सिस्टम नभएपछि त्यसले कति असर पारेको छ?,’ उनले भनिन्, ‘भविष्यप्रतिको चिन्ताले विदेशीएका नेपालीको मन जित्ने विश्वास छ।’

यो फिल्ममा डेब्यू गरेका विमोचन दवाडी पनि ‘झरीपछिको इन्द्रेणी’ले आफूलाई नेपाली रजतपटमा स्थापित गर्नेमा विश्वस्त छन्। आफूले ‘झरीपछिको इन्देणी’मा गरेको मेहनत पर्दामा देखिने उनी बताउँछन्। ‘यो फिल्म निर्माणमा जति मेहनत लागेको छ, त्यो मेहनत पर्दामा हेर्दा दर्शकको मन छुन्छ जस्तो लाग्छ,’ उनले भने, ‘हाम्रो मेहनतले फल पनि पाउँछ भन्ने लागेको छ।’

त्यस्तै, जेसिका पोखरेलले डेब्यू गर्दै छिन्। प्रदर्शनका हिसाबले ‘झरीपछिको इन्द्रेणी’ पहिलो भए पनि कामका हिसाले दोस्रो हो। उनले काम गरेको पहिलो सिनेमाको छायांकन अझै सकिएको छैन। त्यसैले पनि ‘झरीपछिको इन्द्रेणी’बाट डेब्यू गर्न पाउँदा उत्साहित रहेको उनी बताउँछिन्। 

यो फिल्मले आफ्नो करियरलाई सहयोग गर्ने बताउँदै उनले भनिन्, ‘फिल्मले हाम्रो देशमा अहिले जे भयो, त्यो हुनुभन्दा अगाडि नै स्कृप्ट लेखनसहित छायांकन समेत सकिएको थियो। उहाँहरूलाई पहिले नै भविष्यको कुरा थाहा थियो जस्तो लाग्छ। त्यसैले पनि यो फिल्मले दर्शकको मन जित्नेछ।’

फिल्ममा गणेशसहित रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे (पाँडे), प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राईको अभिनय छ।

निर्देशक घिमिरेको कथा रहेको फिल्मको पटकथा र संवादमा गणेश कार्की र विशाल घिमिरेले लेखेका हुन्। फिल्मका छायांकार बुद्ध थापा हुन्। अनिशा सेन्दाङ लिम्बू निर्मात्री तथा अनु थापा, पंकज खड्का, सिर्जना खड्का, सुवास शर्मा र राम कार्की सह–निर्माता तथा लाइन प्रोड्युसरमा योगेश खतिवडा र विनोद कँडेल छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad