कला


बल्छी धुर्वेको स्वरमा यस्तो बन्यो ‘गोबर गणेश’ को शीर्ष गीत

बल्छी धुर्वेको स्वरमा यस्तो बन्यो ‘गोबर गणेश’ को शीर्ष गीत

नेपालखबर
पुस ९, २०८२ बुधबार १३:१५, काठमाडौँ

फिल्म ‘गोबर गणेश’को शीर्ष गीत सार्वजनिक भएको छ। सार्वजनिक गीतका फिल्मका निर्देशक तथा कलाकार  मरिचमान श्रेष्ठ (बल्छी धुर्वे) को स्वर सुन्न सकिन्छ।

गीतका बाबुल गिरीको शब्द तथा संगीत छ। रमाइलो शैलीको गीतले चलचित्रको मुड र थोरै भए पनि कथा र त्यसको प्रिजेन्टेसनको शैली बताउने काम गरेको छ।

पढाइ कमजोर हुँदा त्यसले आत्मविश्वास कसरी गिर्छ भन्ने गीतले प्रस्ट पार्छ। सबै कुरामा अब्बल हुँदा पनि पढाइ मात्रै कमजोर हुँदा त्यसले समाज र साथीभाइबीच पार्ने नकारात्मक प्रभावलाई गीतले देखाएको छ।

गम्भीर विष्टले कोरियोग्राफी गरेको भिडिओमा मरिचमानसहित वर्षा शिवाकोटी र निर्मल शर्माको अभिनय छ। माघ १ गते रिलिज हुने यो फिल्म छायांकन सकेसँगै अहिले पोस्ट-प्रोडक्सनमा छ।

बल्छी धुर्वे फिल्मसको प्रस्तुतिमा रहेको फिल्ममा बल्छी र वर्षासँगै विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमल्सेना, सन्तोष बानियाँ, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछानेलगायतको अभिनय छ।

तारानाथ न्यौपाने चिफ एडी रहेको चलचित्रमा योगेश काजी शाहको बीजीएम, शंकर पाण्डेको प्रोडक्सन, शिवराम श्रेष्ठको डीओपी र विपिन मल्लको सम्पादन रहनेछ।

टौवा स्टुडिओको पब्लिसिटी डिजाइन रहने चलचित्रको डिजिटल पार्टनरमा ओएसआर डिजिटल छ। नेपालमा यो चलचित्रको वितरण श्री ब्याकटेस इन्टरटेनमेन्टले गर्नेछ।

भिडिओ :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad