कला


‘लैजा खबर ए हावा’ गीतको नेवारी भर्सनमा यमनको स्वर

‘लैजा खबर ए हावा’ गीतको नेवारी भर्सनमा यमनको स्वर

नेपालखबर
पुस २०, २०८२ आइतबार १२:४५, काठमाडौँ

पल शाहको मुख्य भूमिकामा रहेको फिल्म ‘आ बाट आमा’मा नेवारी गीत राखिने भएको छ। निर्माण टिमले यस फिल्ममा समावेश गीत ‘लैजा खबर ए हावा’लाई नेवारी भर्सनमा पनि रेकर्ड गराएको छ।

यस गीतलाई निर्देशक चन्द्र पन्तले नेवारी समुदायलाई लक्षित गर्दै नेवारी भाषामा यो गीत रेकर्ड गरेका छन्। नेवारी भर्सनमा यमन श्रेष्ठले स्वर दिएका छन्। बाबुल गिरीको शब्द रचनामा नेपाली भाषामा गाएको यो गीतलाई यमनले नेवारीमा गाउन पाउँदा एकदमै खुशी लागेको बताए।

‘यो गीतलाई मैले युट्युबमा सुनिरहेको थिए। अहिले निकै चर्चित पनि छ,’ उनले गीतको प्रशंसा गर्दै भने, ‘आ बाट आमाको टिमले मलाई यो गीतलाई नेवारी भाषामा पनि गर्नुपर्‍यो भनेर अफर गर्नुभयो। यस गीतको नेवारी शब्द पनि आफै मिलाउनुहोस् भन्नुभयो। अनि मैले भन्दा पनि बुबा (मदनकृष्ण श्रेठ) लाई यो गीतको शब्दलाई ट्रान्सलेट गरिदिनुन् भने। मेरो बुबाले नेवारी भाषामा बनाईदिनुभएको हो।’

यमनले आफ्नोभन्दा बुवाको नेवारी भाषा राम्रो भएकाले बुवासँगको सहकार्यमा लेखेको सुनाए। युट्युबमा गीत हेरेर निकै भावुक बनेको र आफैले त्यो दृश्य मनन गरेर नेवारीमा गाउँदा भावुक बनेको बताए। उनले थपे, ‘फिल्ममा त एकदमै रोएको देखिन्छ। यहाँ गाउँदा बडो आफु पनि रोइएछ।’

नेपाली भाषामा यो गीतलाई गायक रवि ओडले गाएका छन्। आफ्नो सन्तान परदेशिन लाग्दा नेपालमा रहेका बुबाआमाको मनसँग फिल्मको कथा बुनिएको छ।

निर्देशक पन्तले फिल्ममा नेपालीका अलवा नेवारी भाषामा गीत रेकर्ड गराएको बताए। उनले प्रचारशैलीलाई अलिक फरक ढंगबाट प्रस्तुत गर्न लागेको र नेवारी गीत मन पराउने स्रोता तथा दर्शकलाई यो एउटा राम्रो माध्यम हुने विश्वास व्यक्त गरे।

आर्या इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्ममा पलसहित विपना थापा, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित विष्ट र बेगम नेपाली लगायतको मुख्य भूमिका रहेको छ। 

निर्देशक पन्तकै कथामा बनेको फिल्ममा अभिमन्यू निरवीद्वारा लिखित संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेका छन्। फिल्ममा कृष्णप्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुवप्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ भने करणसिंह रसाली कार्यकारी निर्माता रहेका छन्। यो फिल्म आगामी माघ १६ गतेबाट प्रदर्शन हुँदै छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad