माघ २३ देखि प्रदर्शन हुने फिल्म ‘रमिताको पिरती’को दोस्रो गीत सार्वजनिक भएको छ। शिरो फिल्म्सको प्रस्तुतिमा तयार फिल्ममा समावेश ‘जुनी भर’ बोलको गीत सार्वजनिक गरिएको हो।
सार्वजनिक गीतमा महेश काफ्लेको शब्द, संगीत र स्वर छ। उनलाई गायनमा अस्मिता अधिकारीले साथ दिएकी छन्।
रोमान्टिक शैलीको गीतको भिडिओमा मुख्य कलाकारद्वय आना शर्मा र विनय श्रेष्ठ फिचर्ड छन्।
भिडिओमा विनयले आनालाई फकाउँदै गरेको र आना उनले भनेको नमानेको दृश्य छ। यसले विनय र आनाको प्रेम सुरुवातका रूपमा यो गीत तयार भएको देखिन्छ।
फिल्ममा समीर श्रेष्ठ, गियाना, गौमाया गुरुङ, पशुपति राई, रेनु योगी, थिन्लेलगायत कलाकारको पनि अभिनय छ।
सुदिप्ताको लेखन र निर्देशनमा तयार फिल्मका निर्माता सागर लम्साल हुन्। फिल्ममा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी, कुशल पोखरेलको संगीत छ।
आरपी प्रोडक्सन, गणेश पाण्डे, सुवास कोइराला र प्रवेश लामिछाने फिल्मका एसोसियट निर्माता हुन्।
आना शर्मा र सन्तोष लम्साल कार्यकारी निर्माता रहेको फिल्म सुनील शिवभक्तिले सम्पादन गरेका हुन्।
फिल्ममा एक युवतीको प्रेम भावनालाई सूक्ष्म रूपमा देखाइएको निर्माणपक्षको भनाइ छ।
गीतको भिडिओ:
Shares

प्रतिक्रिया