नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले अमेरिकन आइडल टप टेनमा पर्न सफल नेपालका दिवेश पोखरेलको प्रशंसा गरेका छन्।
केहीदिन अगाडि मात्र दिवेशले जोन डेनभरको चर्चित गीत ‘कन्ट्री रोड’ गाउँदै टप टेनमा स्थान बनाएका थिए।
स्टेजको नाम ‘आर्थर गन’ रहेका दिवेशलाई बुधबार बेरीले ट्वीटमार्फत उनको कलाको प्रशंसा गर्दै आगामी प्रस्तुतिको लागि शुभकामना दिएका छन्।
बेरीले ट्वीटमा दिवेश प्रेरणादायी भएको र उनले जोन डेनभरको कन्ट्री रोड नेपाली सांगीतिक समूह नेपथ्य ब्यान्डको शैलीमा गाएको बताएका छन्।
— Ambassador Randy Berry (@USAmbNepal) May 6, 2020So inspiring to watch @ArthurGunn122 aka Dibesh Pokharel making momos & singing John Denver’s ”Country Roads” in a style like @nepathya_band. Congrats & all the best in @AmericanIdol’s Top 10!https://t.co/b0frm58LdJ
3
Shares

प्रतिक्रिया