कला


प्रचारप्रसारमा झापा पुग्यो ‘परिवर्तन’को निर्माण टिम, माइमेलादेखि कलेजसम्म पुगेर दर्शक फकाउँदै कलाकार

प्रचारप्रसारमा झापा पुग्यो ‘परिवर्तन’को निर्माण टिम, माइमेलादेखि कलेजसम्म पुगेर दर्शक फकाउँदै कलाकार

नेपालखबर
माघ २, २०८२ शुक्रबार १२:३४, काठमाडौँ

माघ ९ गतेबाट प्रदर्शन हुने फिल्म ‘परिवर्तन’को टिम प्रचारप्रसारमा व्यापक रुपमा लागेको हो। निर्माण टिमले कलाकार सहितलाई लिएर यतिबेला पुर्वको झापामा पुगेर व्यापक प्रचार गरेको छ। 

हरेक वर्ष माघे संक्रान्तिको अवसर पारेर झापाको कन्काई माई नदिमा लाग्ने मेलामा समेत प्रचारप्रसार गरेको छ। लाखौं मान्छेको उपस्थिति हुने उक्त माइमेलामा फिल्मको प्रचार गरिएको थियो। दर्शकसँगै कलाकारहरुले मनोरञ्जन प्रदान गरेका थिए।

पछिल्लो समय यस फिल्मको गीत ‘पाकेको चिउरी’ चर्चामा रहेको छ। यसै गीतमा कलाकार र उपस्थिति हजारौ दर्शकहरुले नाचेर प्रचारप्रसारमा साथ दिए। फिल्मप्रति दर्शकको चासो पाएपछि फिल्मका अभिनेता सुशील श्रेष्ठ,अञ्जना बराईली लगायतका कलाकारहरु उत्साहित बने।

फिल्मका निर्देशक विजय केरुङले हिजो माइमेलामा दर्शकको उपस्थितिले आफु अत्यन्त खुशी भएको बताए। उनले प्रचारप्रसारलाई अझै तिब्रता दिनका लागि आज झापामा रहेका विभिन्न कलेज तथा स्कुलमा पुगेर विद्यार्थीसँग सात्क्षात्कार गर्ने बताए।

उनी भन्छन्,‘फिल्मको प्रदर्शन मिति नजिकिदै गर्दा प्रमोसनमा कुनै कसुर बाँकी राख्दैनौँ। हिजो माघ १ गते माइमेलामा हामीले दर्शकसँगै रमाइलो गयौँ। आज स्कुल र कलेजमा पुग्नेछौँ।’

पछिल्लो समय दर्शकले लोकलयमा आधारित यस फिल्मको ‘पाकेको चिउरी’लाई मन पराइदिएका छन्। साथै यस फिल्मको ट्रेलरलाई दर्शकले तीन दिनमा नै ११ लाख भन्दा बढिले युटुबमा हेरिसकेका छन्। दर्शकप्रतिको चासोले फिल्मका कलाकार तथा निर्माण पक्ष उत्साहित देखिन्छन्।

यतिबेला पूर्वमा फिल्मका निर्माता दीपक सिवाकोटी।निर्देशक बिजय केरुङ,अभिनेता सुशील श्रेष्ठ,अञ्जना बराईली लगायतले थप प्रचार गरिरहेका छन्। एक्सन हिरोका रुपमा छुट्टै पहिचान बनाएका अभिनेता सुशील श्रेष्ठ,हिट फिल्म दर्शकमाझ पस्किएकी अञ्जना बराईलीको केमेष्ट्रीले दर्शकमाझ फिल्मको छुट्टै हाइप बढाइरहेको छ। 

फिल्मको ट्रेलरमा अभिनेता सुशील श्रेष्ठलको डाइलक ‘पारसलाई मन परे दरबार,मन नपरे तलवार’चर्चाको विषय बनेको छ। सामाजिक सञ्जाल तथा टिकटकमा यसको भिडियो बनाउने पनि उतिकै मात्रामा बढेको देखिन्छ।

एक्सन–सस्पेन्स कथावस्तु, द्वन्द्व दृश्य र पात्रहरूको सम्बन्धलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको यो फिल्मले सत्ताको पावरमा नेपालले गर्ने प्रवृतिलाई प्रस्तुत गरिएको छ। अभिनेता सुशील श्रेष्ठको सशक्त एक्सनले दर्शकमाझ बेग्लै कौतुहलता प्रदान गरेको छ।

यस फिल्ममा सुशील र अञ्जनाका अलवा सरोज खनाल, करिश्मा मानन्धर,बुद्धि तामाङ,हेमन्त बुढाथोकी,सुवास मेचेको मुख्य भुमिका रहेको छ। दिव्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको यस फिल्ममा दीपक सिवाकोटीको कथा तथा लगानी रहेको छ। फिल्मको पटकथा तथा संवाद भने शिवम् अधिकारीले लेखेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad