कला


‘कुमारी’को देशव्यापी सांगीतिक यात्रा सुरु, ‘केहर एन्ड द लुङा ब्यान्ड’ले नेपालगन्जका दर्शक झुमाए

‘कुमारी’को देशव्यापी सांगीतिक यात्रा सुरु, ‘केहर एन्ड द लुङा ब्यान्ड’ले नेपालगन्जका दर्शक झुमाए

नेपालखबर
माघ २, २०८२ शुक्रबार १२:३९, काठमाडौँ

माघ २३ गतेबाट रिलिज हुने फिल्म ‘कुमारी’को निर्माण टिमको प्रचारप्रसारलाई लक्षित गरेर आफ्नो सांगीतिक यात्रा सुरू गरेको छ। 

बाँकेको नेपालगन्जमा ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट विथ केहर एन्ड द लुङा’ भव्य रूपमा सम्पन्न गरेको छ। जुन कार्यक्रममा हजारौँ दर्शकको उत्साहजनक उपस्थिति रहेको थियो।

होटल स्टार लाइटको प्राङ्गणमा आयोजित कन्सर्टमा चलचित्रका मुख्य कलाकारहरू अबिशेक खड्का र आकृति राजभण्डारी, निर्देशक दिनेश राउत, पार्श्व गायक केहर सिं लिम्बु र उनको ब्यान्डका सदस्यहरूले दर्शकलाई सांगीतिक माहौलमा झुमाएका थिए।

कार्यक्रममा गायक केहर सिं लिम्बुले यस फिल्मका चर्चित गीतहरू 'डोको बुन्ने निगाली चोयाले', 'कता छौ मेरो फूल' र 'तिमी बिना' सँगै आफ्ना लोकप्रिय सिर्जनाहरू 'सरर' र 'बैगुनी' प्रस्तुत गरे। विशेष गरी चलचित्रको फिल्मको चर्चित गीत 'डोको बुन्ने' मा कलाकारद्वय अबिशेक र आकृतिले प्रत्यक्ष नृत्य प्रस्तुत गर्दा दर्शकको ठुलो साथ पाएका थिए।

सोही अवसरमा निर्देशक दिनेश राउतले आफूले सधैँ दर्शकको चाहना र रुचिलाई ध्यानमा राखेर चलचित्र निर्देशन गर्ने गरेको बताउँदै 'कुमारी' एक उत्कृष्ट लभ स्टोरी चलचित्र बनाउने कोसिस गरेको बताए।

नेपालगन्जबाट सुरु भएको यो साङ्गीतिक यात्रा अब देशका अन्य सहरहरूमा पनि पुग्नेछ। निर्माण पक्षका अनुसार यो टोली माघ ३ गते पोखरा, ६ गते चितवन, १० गते काठमाडौं र १७ गते झापाको दमकमा प्रस्तुत हुनेछ। आगामी माघ १० गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने विशेष खुला कन्सर्टमा चलचित्रको आधिकारिक ट्रेलर समेत सार्वजनिक गरिने तयारी गरिएको छ।

सुसन प्रजापतिको खिँचेको फिल्ममा विकास सुवेदीको लेखन रहेको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad