कला


डिप्रेसन सम्झिँदै नम्रता भन्छिन्: १० वर्षपछि शान्त छु, फरक तरिकाले बाँच्न सिकेँ

डिप्रेसन सम्झिँदै नम्रता भन्छिन्: १० वर्षपछि शान्त छु, फरक तरिकाले बाँच्न सिकेँ

नेपालखबर
माघ ७, २०८२ बुधबार १६:३०, काठमाडौँ

नायिका नम्रता श्रेष्ठले सन् २०१६ ले आफ्नो जीवन बदलेको स्मरण गर्दै फरक तरिकाले बाँच्न सिकाएको बताएकी छन्।

उनले दश वर्षअघिको त्यो समय सम्झिँदै बाहिरी रूपमा सब ठिकठाक देखिएको तर भित्री रूपमा आफू डिप्रेसनसँग लडिरहेको उल्लेख गरेकी छन्। 

‘२०१६। त्यो वर्ष जसले मलाई सधैँका लागि परिवर्तन गर्‍यो। बाहिरबाट हेर्दा सबै कुरा राम्रो देखिन्थ्यो: एक अभिनेत्रीका रूपमा पुरस्कार जितेको वर्ष (राष्ट्रिय पुरस्कार सहित)…एक सफल रेस्टुरेन्ट, मुस्कान, हाँसो’, उनले मंगलबार सामाजिक सञ्जालमा लेखेकी छन्, ‘भित्र भने म डिप्रेसन र चिन्तासँग लडिरहेकी थिएँ।’

त्यस वर्षले आफूलाई केही महत्त्वपूर्ण कुरा सिकाएको नम्रताले सुनाएकी छन्। 

सफलताले तपाईंलाई पीडाबाट जोगाउँदैन र ठिक हुने कुनै समयरेखा हुँदैन, उनले भनेकी छन्, मैले सबै प्रयास गरेँ: ध्यान, पैदल यात्रा, पदयात्रा, मन्दिर, मठ...सुरुमा केही पनि काम गरेन। केही दिन केवल म बाँचेँ।... मैले सिकेँ कि कहिलेकाहीँ समस्या मानिस हुँदैनन्, आफ्नै मन हुन्छ।’

निको हुन केही हप्ता वा महिना नभई वर्षौं लागेको नम्रताले उल्लेख गरेकी छन्। 

‘तीन वर्ष औषधि। दैनिक संघर्ष।...र, हार नमान्ने निर्णय! मनले अन्यथा कुरामा लान खोज्दा पनि। मलाई के कुराले अगाडि बढायो?...यस क्रममा मैले फरक तरिकाले बाँच्न सिकेँ’, उनले लेखेकी छन्, ‘मैले धेरै यात्रा गरेँ। मैले नाइँ भन्न सिकेँ। मैले त्यही खाएँ, जसले मलाई खुसी बनाउँथ्यो। मैले कामबाट विश्राम लिएँ। मैले फोन र सामाजिक सञ्जालमा कम समय दिन थालेँ। दश वर्षपछि म शान्त छु। धैरै दयालु छु। अझै सिक्दै छु। निको हुने क्रम अझै जारी छ।’ 

पछाडि फर्केर हेर्दा नराम्रो नलाग्ने उल्लेख गर्दै नायिका नम्रताले अगाडि भनेकी छन्, ‘दयालु बन। आफैँलाई माफ गर। तिमी मानव हौ। तिमी असफल भयौ भने सिक्छौ। तिमी अगाडि बढ्छौ। २०१६ मेरो आत्म-खोजको सुरुवात थियो। र, यात्रा अझै जारी छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad