लकडाउनको समयलाई सदुपयोग गर्दै गायिका रानी शाक्यले आफ्नो नयाँ सिर्जना ‘फूल होइन मेरो माया’ सार्वजनिक गरेकी छिन्।
हाल अमेरिकामा बस्दै आएकी शाक्य पेशाले चिकित्सक हुन्। कोरोना कहर बीच सेवा पुर्याइरहेकी शाक्यले संगीत मार्फत मन बहलाउन लभ भर्सनको रोमाण्टिक गीत सार्वजनिक गरेकी हुन्।
हाल लिरिकल भर्सनमा उपलब्ध यस गीतमा स्वर रानी शाक्यको रहेको छ भने शब्द लक्ष्मी श्रेष्ठको रहेको छ। गीतमा संगीत ओम कर्माचार्यको रहेको छ।
गायिका शाक्यका यसअघि ‘को हो त्यो’ , ‘मेरो प्रियतम’ , ‘हरपल तिम्रो’ , ‘यो वैँशको मात’ , ‘सुरुवात’ , ‘पहिलो माया’ , ‘कथा’ बोलका गीतहरु स्रोता माझ लोकप्रिय छन। चर्चित संगीतकार मधु क्षेत्री, ओम कर्माचार्य, न्ह्यू बज्राचार्य, बिक्रम थापाको संगीतमा र चर्चित गीतकार रमण घिमिरे, अरुण तिवारी, सहदेव ढुंगाना, लक्ष्मी श्रेष्ठको शब्दमा आफ्नो स्वर दिसकेकी गायिका शाक्यको हाल सम्म डेढ दर्जन गीत सार्वजनिक गरिसकेकी छिन्।
स्वयम् गायिका शाक्यको अफ़िसिएल च्यानल मार्फत सार्वजनिक भिडियोलाई दर्शक, स्रोताले माया गर्ने शाक्यले विश्वास व्यक्त गरेकी छन्।
Shares

प्रतिक्रिया