आगामी आर्थिक वर्षको बजेटमाथि आइतबारदेखि संघीय संसदमा प्रि–बजेट छलफल सुरु हुने भएको छ।
संघीय संसद सचिवालयका अनुसार राष्ट्रियसभा र प्रतिनिधिसभा गरी दुबै सदनमा आइतबार र सोमबार प्रिबजेटमाथि छलफल गर्ने कार्यसूचि छ। संसदको बजेट अधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ।
त्यसैगरी जेठ २ मा संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूचि रहेको संसद सचिवालयले जनाएको छ।
आर्थिक वर्ष ०७७÷०७८ को बजेट भने जेठ १५ गते राष्ट्रपति भण्डारीले प्रस्तुत गर्ने कार्यतालिका संसद सचिवालयले प्रकाशित गरेको छ।
संविधानले हरेक वर्ष जेठ १५ मा वार्षिक बजेट ल्याउनै पर्ने व्यवस्था गरेको छ।

प्रतिक्रिया