कारोबार


पीसीटी प्याटेन्ट एप्लिकेसन्समा ओपो पाँचौ स्थानमा

पीसीटी प्याटेन्ट एप्लिकेसन्समा ओपो पाँचौ स्थानमा

नेपालखबर
बैशाख २५, २०७७ बिहिबार ९:४,

वर्ल्ड ईन्टेलेक्चुअल प्रपर्टी अर्गनाइजेसन (डब्ल्यूआईपीओ)ले प्याटेन्ट कोओपरेसन ट्रिटी (पीसीटी) प्रणाली मातहत अन्तर्राष्ट्रिय प्याटेन्ट आवेदन २०१९को नतिजा घोषणा गरेको छ। १ हजार ९ सय २७ निवेदनका साथमा ओपो कम्पनी एप्लिकेन्ट्स अन्तर्गत पीसीटी फाइलरहरु मध्य उत्कृष्ट पाँचौमा पर्न सफल भएको छ।

१५० कन्ट्रयाक्टिंग स्टेट्स सहितको अन्तर्राष्ट्रिय ट्रिटी, पीसीटी मातहत १ अन्तर्राष्ट्रिय प्याटेन्ट निवेदन दर्ता गराए बापत निवेदकले विभिन्न देशहरुमा आफ्नो आविस्कारको सुरक्षा प्राप्त गर्न सक्छन्। सन् २००९को सूरुवातदेखि नै ओपो वैश्विकस्तरमा विभिन्न प्राविधिक क्षेत्रमा आफ्नो प्याटेन्ट एप्लिकेसन विस्तारका लागि तदारुकताका साथ लागि परेको छ।

यही प्रक्रिया अन्तर्गत ओपोले आफ्नो डब्ल्यूआईपीओ ईन्टरनेसनल प्याटेन्ट्स एप्लिकेसन र्‍यांकिंगलाई पछिल्लो बर्षको १७ औँ स्थानबाट पाँचौ स्थानमा झार्न सफल भएको छ।

सन् २०२० को मार्च महिना सम्ममा ओपोले ४३ हजार वैश्विक प्याटेन्ट एप्लिकेसन्स दर्ता गराइसकेको छ भने, १६ हजारले आधिकारिकता पनि प्राप्त गरिसकेको छ। समग्र निवेदन मध्य झण्डै ८८ प्रतिशत आविस्कार सम्बन्धित रहेका छन्। ओपोले ३ हजार भन्दा बढी फाइभजी प्याटेन्ट निवेदन दर्ता गराइसकेको छ र १ हजार ९ सय एआई प्याटेन्ट निवेदन रहेका छन्।

त्यसैगरी कम्पनीले ६ हजार १ सय ईमेज प्याटेन्ट वैश्विकरुपमा दर्ता गराइसकेको छ, जस मध्य २ हजारले आधिकारिकता प्राप्त गरिसकेको छ। कम्पनीले फास्ट चार्जिंग क्षेत्र अन्तर्गतपनि वैश्विक स्तरमा २ हजार ७ सय भन्दा बढी निवेदन दर्ता गराइसकेको छ। यी मध्य १ हजार १ सयका लागि आधिकारिकतापनि प्राप्त गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad